२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

पोखरामा भोलिदेखि जुनियर फेन्सिङ प्रतियोगिता

आगामी शुक्रबार र शनिबार पोखरामा प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा इन्डिभिजुअल र टिम इभेन्टमा गरी १० स्वर्ण, १० रजत र ४० कास्य गरी कुल ६० पदकका लागि प्रतिस्पर्धा हुनेछ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला फेन्सिङ संघको समन्वयमा उक्त प्रतियोगिता यहि जेठ २६ र २७ गते हुने भएको हो। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा दुई विभागिय टिम नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लब सहित कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता हुने भएको छ।

प्रतियोगिता अन्तर्गत इपी जुनियर महिला र पुरुषतर्फ गरी छुट्टाछुट्टै इन्डिभिजुअल तथा टिम इभेन्टमा प्रतिस्पर्धा हुने कास्की फेन्सिङका अध्यक्ष बिजय शाहीले जानकारी दिएका छन्। त्यसै गरी खुल्ला फोयल महिला तथा पुरुषतर्फ समेत इन्डिभिजुअल तथा टिम इभेन्टमा प्रतिस्पर्धा हुने गरी तयारी गरिएको उनले जानकारी दिए। बिजेता टिमलाई ट्रफी प्रदान गरिने अध्यक्ष शाहीले जानकारी दिए।

प्रकाशित: २५ जेष्ठ २०८० ०८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App