२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ड्रागन बोट रेसका लागि चीनबाट आठवटा डुंगा ल्याइयो

पोखरामा आयोजना हुने ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ का लागि आठवटा डुंगा चीनबाटै ल्याइएका छन्। पोखरा ल्याइएका ती डुंगाको बुधबार फेवातालमा परीक्षण संचालन पनि गरिएको थियो। आगामि असार ८ र ९ गते पोखरामा यो फेस्टिभल आयोजना हुँदैछ।

छेङदु–पोखरा चार्टर्ड उडान् !

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको ६ महिना लागेको छ। तर, अहिलेसम्म विमानस्थल आन्तरिक उडानमै सिमित रहेको छ। अन्तर्राष्ट्रिय उडानका लागि अहिलेसम्म उचित पहल र चाँसो नदेखिएको पोखराले आरोप लगाउँदै आएको छ। केहीगरि सिचुआन एयरलाइन्सले चार्टर उडान गरेमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने त्यो नै पहिलो अन्तर्राष्ट्रिय उडान हुनेछ।

मुग्लिन पोखरा सडक विस्तार: डुम्रे बजारका घर भत्काउन सुरु

पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ।

माइस टुरिजमः पोखरासँग अवसर छ, पूर्वाधार छैनन्

पोखरा क्षेत्रले साहसिक पर्यटकीय गन्तव्यको रुपमा लामो समयदेखि पहिचान बनाइसकेकोले भविश्यमा पोखरालाई माइस टुरिजमको गन्तव्यको रुपमा चिनाउन पाटा सम्मेलनले सघाउने उद्देश्य राखेको थियो। तर, पोखरा आफैमा पर्यटकीय सहर भएर पनि यसले माइस टुरिजमबाट उत्तिसारो लाभ लिन नपाएको गुनासो यहाँका व्यावसायीले गर्दै आएका छन। त्यसो हुनुमा पूर्वाधार अभाव रहेको भन्ने व्यवसायीले बताउँदै आएका छन्।

दहत्तरबहत्तर संकलनका लागि एक महिनाभित्र टेन्डर गर्न निर्देशन

दहत्तरबहत्तर नियमित उत्खनन नहुँदा राजस्व संकलनमा समस्या आएको निश्कर्ष निकाल्दै समितिले आगामी दिनमा नियमित रूपमा दहत्तरबहत्तर उत्खननको वातावरण मिलाउन महानगरलाई निर्देशन दिएको छ, जसका लागि समितिले तत्काल टेन्डर आह्वान गर्न भनेको छ।

पोखरामा गिट्टी,बालुवा संकलनका टेण्डर आह्वान गर्न लेखा समितिको निर्देशन

पोखरा महानगरपालिकाको दहत्तरबहत्तर (गिट्टी, बालुवा)बाट राजश्व घटेकोमा सार्वजनिक लेखा समितिले चासो व्यक्त गरेको छ। पोखरा महानगरपालिकाको दहत्तरबहत्तरबाट राजश्व हाल तीनचौथाई घटेको छ।

पाटाको पोखरा सम्मेलनः दीगो पर्यटन र डिजिटल बजारीकरणमा विज्ञको जोड

दीगो पर्यटन र डिजिटल बजारीकरणमा जोड दिँदै एशिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) इन्टरनेशनलको ‘वार्षिक सम्मेलन तथा एडभेन्चर मार्ट’ सकिएको छ। सम्मेलनका विज्ञहरुले पर्यटनमा अहिले देखिएका चूनौती, आगामि दिनमा अगाडि लैजाने तरिका, डिजिटल बजारीकरण, सुरक्षा लगायतबारे छलफल गरेका थिए।

पाटा सम्मेलनः विश्वव्यापी आर्थिक मन्दी पर्यटनको सर्वत्र चिन्ता

पोखरामा सुरु भएको एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्टमा पनि अबको पर्यटन कता जाने भन्नेमा सरोकारवालाबीच वहस भएको छ। सम्मेलनमा सहभागि विज्ञहरुका अनुसार पर्यटन क्षेत्रले आर्थिक मन्दीको गम्भिर मार खेप्नुपरेको छ। विज्ञहरुका अनुसार महंगीका कारण पर्यटकहरु घुमघाममा जान नसकेको, खर्चमा कटौती गरेको, छोटो दूरीको यात्रामा मात्र निस्कन थालेका छन्।

बजेटमा हेपिएको पोखरा क्रिकेट मैदान

नेपाली क्रिकेट लयमा छ। लयमा रहेको क्रिकेटलाई जोगाई राख्नुपर्ने चुनौति छ। लय जोगाउन नियमित अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा घरेलु प्रतियोगितालाई निरन्तरता दिनुपर्छ। घरेलु प्रतियोगिता आयोजना गर्न आवश्यक पूर्वाधार निर्माणको खाँचो छ। क्रिकेट पूर्वाधार बनाउने ध्यानमा सरकारको गाम्भीयर्ता खासै देखिएको छैन्।

सहरी मन्त्रालयको बजेट दोब्बरले बढ्यो

सरकारले आगामी आर्थिक वर्षमा सहरी विकास मन्त्रालय मातहतका आयोजनाका लागि ६६ अर्ब १७ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत

सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत दिने भएको छ।

पाटा सम्मेलन: दिगो पर्यटनबारे पोखरामा गम्भीर बहस हुँदै

लामो समयदेखि कमजोर बनेको त्यही पर्यटन क्षेत्रलाई उकास्न बल पुग्नेगरि नेपालमा पहिलोपटक ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक सम्मेलन र एडभान्चर ट्राभल मार्ट हुँदैछ। पाटा विश्वका पर्यटन तथा ट्राभल संघ–संस्थाको छाता संंस्था हो। पाटाको मुख्य आयोजनामा नेपालमा हुने यो कार्यक्रम मंगलबारदेखि पोखरामा सुरु हुँदैछ। चारदिनसम्म पोखरामा हुने यो कार्यक्रमले नेपालको पर्यटन क्षेत्रलाई उकास्न सघाउने अपेक्षा व्यावसायीको छ।

पोखराः ‘रत्न मन्दिर’ परिसर खुल्यो, दरबार खुलेन

पूर्व राजाको हिउँदे दरबारको रुपमा चिनिएको ऐतिहासिक ‘रत्न मन्दिर’ परिसर सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला गरिएको छ। १५ औं गणतन्त्र दिवसको अवसर पारेर फेवाताल किनारस्थित रत्नमन्दिर परिसर सर्वसाधारणको अवलोकनका लागि सोमबारदेखि खुल्ला गरिएको हो।

पोखराको बजेट अपेक्षा: ‘आर्थिक मन्दीको नाममा नागरिकलाई मारमा नपारौं’

पछिल्लो समय श्रोतको चाप झेलिरहेको सरकारले आगामि आर्थिक वर्षको बजेट ल्याउँदैछ। सरकारले आर्थिक चापलाई कम गर्न पोहोरको भन्दा बजेट आकार घटाउने तयारी पनि गरेको छ। नयाँ आर्थिक वर्षको बजेट तयारी भईरहँदा बजार सुस्ताउने क्रमले झनै गति लिईरहेको व्यावसायीले बताईरहेका छन्। त्यसैले सुस्ताउँदो बजारका बीचमा आउन थालेको नयाँ आर्थिक बर्षको बजेटबाट उत्तिसारो अपेक्षा गर्न नसकिने व्यावसायीले बताईरहेका छन्।

गोदारलाई ‘महानगर कप स्क्वास’ को उपाधि

पोखरा महानगर कप स्क्वासको उपाधि दिपकबहादुर गोदारले जितेका छन्। पोखरा रंगशालास्थित स्क्वास ¥याकेट संघ कास्कीको कोर्टमा आयोजित फाईनलमा गोदारले प्रयाग जोशीलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जिते।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्