१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

गोदारलाई ‘महानगर कप स्क्वास’ को उपाधि

पोखरा महानगर कप स्क्वासको उपाधि दिपकबहादुर गोदारले जितेका छन्। पोखरा रंगशालास्थित स्क्वास ¥याकेट संघ कास्कीको कोर्टमा आयोजित फाईनलमा गोदारले प्रयाग जोशीलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जिते।  

पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष समेत रहेको गोदारले जोशीमाथि जित निकाल्न निकै संघर्ष गरे। बेष्ट अफ फाईभसम्म पुगेको खेल निकै प्रतिस्पर्र्धात्मक बन्यो। पहिलो सेट ९–११ ले गुमाउँदै पछि परेका गोदारले दोस्रो सेटमा भने कमब्याक गरे। दोस्रो सेट उनले ११–९ ले नै आफनो पक्षमा पारेपछि खेल बराबरीमा पुग्यो। तेस्रो सेटमा पनि ८–११ ले गुमाएका गोदारले चौथो सेटमा फेरी पुनरागमन गर्दै ११–९मा ल्याउँदै प्रतिस्पर्धा अन्तिम सेटसम्म धकेले। अन्तिम सेट प्रतिस्पर्धात्मक बन्यो। १२–१२ को अवस्थामा गोदारले लगातार दुई अंक जोड्दै १४–१२को नजिता निकाल्दै उपाधिमा नाम लेखाए।  

पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा संघको प्र्राविधिक सहयोग एवं व्यवस्थापनमा भएको प्रतिस्पर्धामा सुजन आचार्य र जीवन श्रेष्ठ संयुक्त रुपमा तेस्रो स्थानमा रहे। विजेता गोदारले नगद १० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता बनेका जोशीले नगद ५ हजार रुपैयाँ र तेसो भएको आचार्य र श्रेष्ठले भने नगद ३–३ हजार रुपैयाँ प्राप्त गरे। खुल्ला तर्फ २४ जना खेलाडीले सहभागिता जनाएका थिए।  

त्यसैगरी भेट्रान्त तर्फको प्रतिस्पर्धामा हिराकाजी श्रेष्ठले दुई प्रतिस्पर्धीलाई पन्छाए। १० जना भेट्रान्स खेलाडीको सहभागिता रहेको थियो। अन्तिम तीनमा पुगेका हिराकाजी श्रेष्ठ, रक्ष्य राना र रबिन्द्र बाटाजू बीच राउण्ड रोविनमा प्रतिस्पर्धा गराईएको थियो। राउण्ड रोविनमा हिराकाजीले रक्ष्य र रबिन्द्रलाई पराजित गर्दै उपाधि आफनो बनाए। उनले नगद ५ हजार प्राप्त गर्दा उपविजेता बनेका रक्ष्य रानाले नगद ३ हजार रुपैयाँ प्राप्त गरे।  

जुनियर तर्फको प्रतिस्पर्धामा जेम्स शाक्य प्रथम भए। जुनियर तर्फ जेम्सले ब्रिजेश श्रेष्ठको चुनौतिलाई पन्छाए । पियुष जैन र मनोरम बज्रचार्य भने तेस्रो स्थानमा रहे। उनीहरुले ५, ३ र २ हजार रुपैयाँ प्राप्त गरे। विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए।  

प्रकाशित: १४ जेष्ठ २०८० ०८:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App