२१ आश्विन २०८१ सोमबार
image/svg+xml

फिर्के खोलाको सिमाङ्कन प्रतिवेदन महानगरलाई बुझाइयो

पोखराको बजार क्षेत्र भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउन गरिएको सिमाङ्कनको प्रतिवेदन पोखरा महानगरपालिकालाई बुझाइएको छ।

पोखरा विश्वविद्यालय र एनआरइएनबीच सम्झौता

पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन)बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ।

‘फेवाताल क्षेत्रमा मात्र पर्यटन केन्द्रीत नगरौं’

पोखराको पृथ्वीचोक क्षेत्रका होटल व्यावसायीले फेवाताल आसपास (लेकसाइड)लाई मात्र पर्यटकीय क्षेत्रको रुपमा राज्यले बुझेको गुनासो गरेका छन्। पोखराको बजार क्षेत्र पर्यटनको हब होइन भनेर गलत प्रचार गर्ने गरिएको उनीहरुको भनाई छ ।

पोखरामा धमाधम उडान थप्दै हवाई कम्पनी

यात्रुको चाप बढ्दै गएको भन्दै हवाई कम्पनिले काठमाडौं–पोखरा रुटमा हवाई उडान थप्न थालेका छन्। निजी क्षेत्रका बुद्ध र यती एयरलाइन्सले अहिले पोखरा–काठमाडौं–पोखरा रुटमा उडान थपेका हुन्। अर्काे निजी हवाई कम्पनि श्री एयरलाइन्सले पनि पोखरामा उडान थप्ने तयारी गरेको छ।

पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकबाट राहत

मुलुकको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकबाट राहत मिलेको छ। पछिल्ला वर्षहरूमा नेपालीहरू परिवार, आफन्त र साथीभाइसँगै घुम्न निस्किने गर्न थालेपछि आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको हो।

पोखरा आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए

पोखरा पन्क्षी समाजले हालै गरेको गिद्ध गणनामा पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका छन्।

यती एयरलाइन्सको पोखरामा रात्री उडान सुरु

निजी क्षेत्रको हवाई कम्पनि यती एयरलाइन्सले काठमाडौं–पोखरा–काठमाडौं रुटमा रात्री उडान सुरु गरेको छ। हवाईयात्रुको माग बढ्दै गएको भन्दै यतीले रात्री उडान थालेको हो। यतीले आइतबार राती यो रुटमा पहिलो रात्री उडान गरेको छ।

पोखराका नौ ताल जोड्नेगरि साइकल ट्रयाक बन्ने

पोखरा उपत्यकाभित्रका नौवटा ताल र महानगरपालिकाका १८ वटा वडालाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्रयाक निर्माण हुने भएको छ। त्यसबाहेक पोखरा आसपासका सम्पदा संरक्षण र विकास निर्माणमा पनि एशियाली विकास बैंक (एडिबी) ले सघाउने भएको छ। एडिबी कै सहयोगमा लेक टु लेक साइकल ट्रयाक र फेवाताल सुधार परियोजना समेत सञ्चालनको क्रममा रहेको छ।

वर्षायामले रोकिएको हट एयर बेलुनको उडान पुनः सुरु

वर्षायामका कारण झन्डै साढे तीनमहिना रोकिएको हट एयर बेलुनको उडान पुनः सुरु भएको छ। पोखराको पर्यटन क्षेत्रको आकर्षक प्रडक्ट मानिएको बेलुनको उडान साहसिक पर्यटकले रुचाउने गर्छन।

पोखरा महानगर र कोइकाबीच हरित रोजगारी सिर्जना परियोजनामा हस्ताक्षर

पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)बीच हरित रोजगारी सिर्जना परियोजना सञ्चालन गर्ने बारे सम्झौता भएको छ।

पोखरामा विद्यालय नाटक महोत्सव

पोखरामा बुधबारदेखि पाँचौँ संस्करणको विद्यालय नाटक महोत्सव सुरु हुँदैछ। आगामी असोज १२ गतेसम्म चल्ने उक्त महोत्सवको तयारी पूरा भएको आयोजक पोखरा थिएटरले जनाएको छ।

पोखरा म्याराथनको तयारी हुँदै

पोखरा अन्तरराष्ट्रिय म्याराथनका १८ औं संस्करणकोे तयारी शुरु गरिएको छ। आन्तरिक तयारीसँगै नगद ५ लाख रुपैयाँको पुरस्कार पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी तुलकुमार गुरुङले प्रायोजन गर्ने घोषणा गरेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: विमानस्थल थियो र त सिचुआन र ड्रुक आए

नियमित अन्तर्राष्ट्रिय उडानको टुंगो नलागेपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पोखरा क्षेत्रको पर्यटनको लागि अवसरको ढोका भने खुलादिएको छ। त्यसका दुइ उदाहरण हुन–ड्रागन बोट रेस फेस्टिबल र ड्रुक एयरको चार्टर उडान। अन्तर्राष्ट्रिय विमानस्थल नहुँदो हो त पोखरामा ड्रागन बोट रेस फेस्टिबल नहुन पनि सक्थ्यो भने ड्रुकको जहाज पोखरा आउने थिएन।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुक एयरले गर्याे पहिलो व्यवसायिक उडान

संचालनमा आएको ८ महिना पछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः आठमहिनापछि बल्ल अन्तर्राष्ट्रिय उडानबाट आम्दानी गर्दै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संचालनमा आएको आठमहिनापछि बल्ल अन्तर्राष्ट्रिय उडानबाट आम्दानी गर्दैछ। तर, त्यो पनि नियमित कमाई भने होइन। संचालनको आठ महिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलले अन्तर्राष्ट्रिय यात्रु र जहाजबाट हुने आम्दानी गुमाईरहेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्