२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

यती एयरलाइन्सको पोखरामा रात्री उडान सुरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बेलुकी अवतरण गरेको यतीको जहाज। तस्बिरः नागरिक

निजी क्षेत्रको हवाई कम्पनि यती एयरलाइन्सले काठमाडौं–पोखरा–काठमाडौं रुटमा रात्री उडान सुरु गरेको छ। हवाईयात्रुको माग बढ्दै गएको भन्दै यतीले रात्री उडान थालेको हो। यतीले आइतबार राती यो रुटमा पहिलो रात्री उडान गरेको छ।  

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाका अनुसार रात्री उडानको जहाज बेलुकी साढे ५ बजे काठमाडौंबाट पोखराका लागि उड्नेछ। पोखराबाट भने ६ बजेर २० मिनेटमा काठमाडौं फर्किनेछ। रातीको समेत गरेर यतीले पोखराका लागि अहिले दिनमा ६ वटा उडान गरिरहेको छ।

बर्ताैलाका अनुसार रात्री उडानमा यात्रु संख्या बढ्दै गएमा उडान संख्या अझै बढाउने योजना छ। ‘चाँडबाँड सुरु भएका छन। अब यात्रु थपिने सम्भावना छ। यात्रु बढेको खण्डमा दिउँसोको साटो बेलुकीको उडान थपिनेछन,’ उनले भने, ‘हालका लागि बेलुकीको उडान एउटा मात्र थपिएको छ। अब आवश्यकता अनुसार उडान थपिनेछ।’ अहिले पोखरासम्मको स्थलमार्गको यात्रा झन्झटपूर्ण रहेकोले पनि यात्रुले हवाई यात्रा खोज्न थालेको उनले बताए।

दिनको समयमा अन्य सेक्टरमा उडान गरेर रातीका लाथि पोखरा उडान गर्ने योजना रहेको उनले बताए। यतीसँग अहिले पाँचवटा एटिआर ७२ जहाज छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि यतीले बल्ल रात्री उडान थालेको हो। यसअघि बुद्ध एयरले भने नियमित रुपमा रात्री उडान गरिरहेको छ।

प्रकाशित: १ आश्विन २०८० ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App