२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुक एयरले गर्याे पहिलो व्यवसायिक उडान

संचालनमा आएको ८ महिना पछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको छ।  

शनिबार भुटानको ड्रुक एयर भूटानको पारोबाट यात्रु लिन पोखरा आएको थियो। उक्त जहाज शनिबार बिहान ६ बजेर ४० मिनेटमा पोखरामा अवतरण गरेको थियो।  

जहाज चार्टर्ड गरेका यात्रु लिन बिहान आएको जहाज एक घन्टापछि पारो फर्केको छ । पोखरा विमानस्थलको प्रवक्ता जशोदा सुबेदिले ४२ जना बिदेशी यात्रु जहाज पारो गएको बताइन्। उनका अनुसार पारोबाट ३ जना यात्रु पोखरा आएका थिए। याे विमानस्थलको पहिलाे व्यवसायिक उडान भएको उनले बाताइन् ।

यसअघि गत असार ६ गते  चीनको सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरामा अवतरण गरेको थियो। चीनको छेङ्दु तियान्फु विमानस्थलबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित चीनबाट केही नेपाली र पोखरामा त्यो वेला सम्पन्न हुन गइरहेको ड्रागन बोट रेस फेस्टिभलका खेलाडी बोकेर आएको थियो।

औपाचारिक संचालनको लामो समय बित्दा पनि पोखरा अन्त्राष्ट्रिय विमानस्थलबाट नियमित अन्त्राष्ट्रिय उडान हुन सकेको छैन।  

प्रकाशित: २३ भाद्र २०८० ०४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App