२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

पोखरामा विद्यालय नाटक महोत्सव

पोखरामा बुधबारदेखि पाँचौँ संस्करणको विद्यालय नाटक महोत्सव सुरु हुँदैछ। आगामी असोज १२ गतेसम्म चल्ने उक्त महोत्सवको तयारी पूरा भएको आयोजक पोखरा थिएटरले जनाएको छ।

महोत्सवमा पोखरा महानगरपालिकाभित्रका विद्यालयका १४ र काठमाडौँको एक अतिथि नाटक गरी कुल १५ नाटक मञ्चन गरिने थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए। महोत्सवको बुधबार दिउँसो शिक्षासेवी जर्ज जोनले उद्घाटन गर्नुहुने जनाइएको छ।

महोत्सवको पहिलो दिन पोखराको माटेपानीस्थित हिल पोइन्ट माविको नाटक ‘शिलान्यास’ मञ्चन हुनेछ। लेखक भीमनिधि तिवारीले लेख्नुभएको सो नाटकको निर्देशन रमेश तिमिल्सिनाले गरेका छन। सबै नाटक दिउँसो १ बजेदेखि गन्धर्व नाटकघरमा मञ्चन हुनेछन्।

पोखरा प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र राइट फर चिल्ड्रेनसँगको सहकार्यमा महोत्सव आयोजना गरिएको अध्यक्ष परिवर्तनले बताए। महोत्सवको आदर्श वाक्य ‘शिक्षण विधिको रूपमा विद्यालयमा नाटक’ रहेको छ। रु एक हजारमा सबै नाटक हेर्न सकिने गरी दर्शकलाई टिकको प्रबन्ध गरिएको आयोजकले जनाएको छ।

प्रकाशित: २६ भाद्र २०८० १६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App