२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पोखरा महानगर र कोइकाबीच हरित रोजगारी सिर्जना परियोजनामा हस्ताक्षर

पोखरा महानगर र कोइकाबीच भएको सम्झौता सार्वजनिक गर्दै।

पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)बीच हरित रोजगारी सिर्जना परियोजना सञ्चालन गर्ने बारे सम्झौता भएको छ।

दुई संस्थाबीच रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना सञ्चालन सम्बन्धी सम्झौता भई विहीबार पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत भएको हो। प्रतिबद्धता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कोइकाका उपप्रमुख युन यंग ली ले हस्ताक्षर गरेका छन्।

यसअघि दुई संस्थाबीच ३० अगस्ट २०२३ मा परियोजना सम्बन्धी प्रारम्भिक मस्यौदामा हस्ताक्षर भएको थियो। हाल यो परियोजना नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबाट स्वीकृतिको अन्तिम प्रक्रियामा रहेको छ।  

सम्झौता अनुसार कोइकाले हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो रिसाइकल र अप–साइकल (आरयू) उद्यमलाई बढावा दिन उपयुक्त माध्यम सिर्जना गर्ने जनाइएको छ। जसले महानगरपालिकाका कर्मचारी, सरकारी सरोकारवाला र आरयू उद्यमको क्षमता निर्माण गरी हरित रोजगारी सिर्जना गर्न सहयोग पुग्ने बताएको महानगरले जनाएको छ। यस्तै ग्रिन भेञ्चर जोन (जीभीजेड) स्थापना गर्ने र नयाँ तथा आरयू उद्यमलाई वित्तीय, प्राविधिक र बजारीकरणका लागि सहयोग पुग्ने, ईन्क्यूबेसन लगायतका कार्यहरु गर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए।

परियोजना सञ्चालन पश्चात फोहरमैला सचेतना सम्बन्धी नागरिक व्यवहारमा परिवर्तन ल्याउन सहयोग पुग्ने उनको विश्वास छ। प्रतिबद्धता अनुसार ग्रिन भेञ्चर जोन (जिभीजेड) स्थापना गर्न महानगरपालिकाले पोखरा–६ बसुन्धरा पार्कमा ५ हजार ९० वर्ग मिटर क्षेत्रफल उपलब्ध गराउनेछ।

साथै हरित अर्थतन्त्रमा योगदान पु¥याउने दिगो आरयू उद्यमलाई बढावा दिन उपयुक्त वातावरण सिर्जना गर्न महानगरपालिकाले पर्याप्त र आवश्यक मानव संसाधन विनियोजन गर्ने प्रतिबद्धतामा उल्लेख छ। आरयू उद्यमलाई बढावा दिन दिगो नीतिको सुनिश्चितता सहित महानगरपालिकाले परियोजनाको स्वामित्वमा लिने पनि जनाइएको छ।

प्रमुख आचार्यले फोहरमैलाको व्यवस्थापन चुनौतीपूर्ण हुने भन्दै फोहरलाई मोहरमा बदल्ने प्रयास स्वरुप  हरित रोजगारी सिर्जनामा जोड्न लागिएको बताए। उनले भने, ‘यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने फोहोरबाट मोहोर आर्जन हुनेछ।’  

कोईकाका उपप्रमुख युन यंग लीले यस परियोजनाले युवाका लागि रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे। फोहरमैलाको उचित व्यवस्थापनमार्फत हरित रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्रको सिर्जनशील उपयोग आम समुदायका लागि आवश्यक रहेको उनको भनाई थियो।

प्रकाशित: २८ भाद्र २०८० १०:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App