६ आश्विन २०८१ आइतबार
image/svg+xml

देशको विकास गर्ने जिम्मा युवाको काँधमा छः महामन्त्री थापा

महामन्त्री थापाले जेसिजलाई सबै दलको साथ र सहयोग रहेको स्पष्ट पारे। महामन्त्री थापाले जेसिजले युवालाई ‘लिबरल डेमोक्रेसी’का बारेमा जानकारी गराउनु जरुरी रहेको समेत बताए।

युवा कांग्रेस हो, उठ

बिपीकै आसयअनुसार, युवा कांग्रेस हो, उठ। आस्था, इमानदारी र आत्मविश्वासको छाती लिएर उठ। सपना र संकल्पको दृष्टि लिएर उठ। अनि सगरमाथमाको चुचुरो टेक्ने उद्देश्य लिएर उठ। युवा कांग्रेसकै संकल्पमा पार्टी र मुलुकको भविष्य गाँसिएको छ।

पार्टीलाई एक ढिक्का बनाउँदै जनहितका काम गर्नेछौंः प्रदेश सभापति पुन

कृषि, पर्यटन र उद्यमशीलतामार्फत् प्रदेशबासीलाई स्वरोजगार बनाउँदै प्रदेशको विकास र समृद्धिका लागि नेपाली काँग्रेस लुम्बिनी प्रदेशले महत्वपूर्ण कार्य गर्ने पुनले बताए।

काँग्रेसीले काँग्रेसीलाई नै हराउने कार्यको अन्त गर्नुपर्छः सह–महामन्त्री मंसुर

नेपाली काँग्रेसले १४ औं महाधिवेशनमा देउवा प्यानलबाट सह–महामन्त्रीमा बिजयी भएका मंसुरले बाराको बिभिन्न स्थानमा आयोजना गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा काँग्रेस पार्टीमा अन्तघाट गर्ने कार्यको अन्त नगरिए तिनै तहको निर्वाचन जित्न नसकिने बताए।

तरुण दलले राष्ट्रिय मेलमिलाप दिवसमा देशभर कार्यक्रम गर्ने

तरुण दलका अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले बुधबार एक विज्ञप्ति जारी गरी नेपाली कांग्रेस र सिङ्गो देशको राजनीतिक इतिहासमा एउटा स्वर्णिम र ऐतिहासिक दिन पुस १६ गते देशभर राष्ट्रिय मेलमिलाप दिवस मनाउने जनाइएको हो।

भिड बटुल्दैमा समाजवाद आउँछ?

मान्नुस् या नमान्नुस्, चौधरी/प्रसाईहरूको राजनीतिको लगानी भोलिका दिनमा आफ्नो पक्षमा नीति निर्माण गराउने स्वार्थसँग जोडिएको हुन्छ।

बाँकेसहित १६ जिल्लामा कांग्रेसको निर्वाचन पुस २७ गते तोकियो

नेपाली कांग्रेस बाँकेको निर्वाचन पुस २७ गते हुने भएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सोमबार बाँकेसहित निर्वाचन हुन बाँकी रहेका जिल्लाको एकैदिन निर्वाचन समय तोकेको हो।

नीति र नेतृत्व

अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले विकास गर्न खोज्दा आफूलाई सरकारबाट हटाइएको भन्ने दाबी गर्दै आएका छन्। वास्तवमा यही कारणले एमाले सरकारबाट हटेको होइन भन्नेमा सर्वसाधारण जानकार छन्।

देउवालाई अर्को अवसर

नेपाली कांग्रेसको सभापतिका रूपमा पहिलो कार्यकाल आन्तरिक किचलोमै गुजारेका शेरबहादुर देउवाले शनिबारबाट पार्टी सभापतिका रूपमा दोस्रो कार्यकाल सम्हालेका छन्। अन्योल र अनिश्चयबीच मंसिर २४ गतेबाट सुरु भएको कांग्रेसको १४औं महाधिवेशनले देउवालाई पुनः सभापतिमा निर्वाचित गरेको हो। कांग्रेस निर्वाचन समितिबाट शनिबार प्रमाणपत्र लिएलगत्तै देउवाले केन्द्रीय समितिको बैठकमार्फत सभापतिका रूपमा दोस्रो कार्यकाल सुरु गरेका हुन्। पहिलो कार्यकालका रूपमा साढे पाँच वर्ष गुजारेका देउवाले पार्टी संगठन सुधारका लागि उल्लेख्य काम गर्न सकेनन्।

कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्दै

आयोगले केही दिनअघि पुस १० गते अन्तिम समय तोकी दल दर्ताको सूचना प्रकाशन गरेको थियो। यसैगरी बैठकले संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार आयोगमा दर्ता अद्यावधिक गर्ने निर्णयसमेत गरेको छ।

१४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमका बीच पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहितका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई केन्द्रीय निर्वाचित समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन्।

कांग्रेस प्रदेश नं २ उपसभापतिमा वीरेन्द्र र चन्द्रशेखर

पाली कांग्रेस प्रदेश नं २ को आज बिहान सम्पन्न मतपरिणामअनुसार उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह एक हजार १९ र चन्द्रशेखर यादव ८९५ मत ल्याएर विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी विनोदकुमार खनालले ७४० र धनलाल ठोकरले ६३६ मत प्राप्त गरेकाे निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेसको नयाँ विधानअनुसार यस महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री पदका लागि निर्वाचन भएको थियो। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ।

कांग्रेस प्रदेश नं २ को सभापतिमा कृष्ण यादव निर्वाचित

प्रदेश सभापतिमा निर्वाचित कृष्ण नेपाली कांग्रेस रौतहटका सभापति छन् भने रामसरोज कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रहेका छन्।

अरस्तु, राजयोग र बुद्ध

राजनीति वा जुनसुकै पेसा वा व्यवसायको क्षेत्रमा भएको मानिसले ‘आफूबाहेक अर्को सत्य छैन’ भन्ने तथ्य जहिलेसम्म बुझ्दैन, अरस्तुको दर्शन कुनै न कुनै रूपमा समाजमा हावी भैराख्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्