२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस प्रदेश नं २ उपसभापतिमा वीरेन्द्र र चन्द्रशेखर

नेपाली कांग्रेस प्रदेश नं २ को आज बिहान सम्पन्न मतपरिणामअनुसार उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह एक हजार १९ र चन्द्रशेखर यादव ८९५ मत ल्याएर विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी विनोदकुमार खनालले ७४० र धनलाल ठोकरले ६३६ मत प्राप्त गरेकाे निर्वाचन समितिले जनाएको छ।

महामन्त्रीमा उपेन्द्रकुमार यादव ९५९ र बृहस्पतिकृष्ण श्रेष्ठ ७८८ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनको निकटम प्रतिद्वन्द्वी नरेश यादवले ७७५ र हरेशप्रसाद महतोले ७०३ मत ल्याए।

सहमहामन्त्रीमा जयनारायण यादव ८७९ र परशुराम चौधरीले ८२२ मत ल्याएर निर्वाचित भएका छन् भने उनीहरूको निकटम प्रतिस्पर्धी विनोद कुमार यादव ६९१ र नारायण चौधरीले ६०१ मत प्राप्त गरेकाे निर्वाचन समितिले जनाएको छ।

सहमहामन्त्री महिला तर्फ बिन्दु कुमारी यादव ८८९ मत ल्याएर विजयी भएकी छिन् भने उनकाे निकटतम प्रतिद्वन्द्वी भिमादवी शर्माले ५३२ मत प्राप्त गरे।

यसअघि हिजो नै नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव निर्वाचित भइसकेका छन्। यादव ९९६ मत प्राप्त गरी प्रदेश सभापतिमा निर्वाचित भएका हुन् भने निकटम प्रतिस्पर्धी रामसरोज यादवले ८५५ मत प्राप्त गरेका थिए।

प्रदेश समितिका सदस्य पदको मतगणना भईरहेको निर्वाचित समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए। जम्मा ६७ पदका लागि गत बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कुल १ हजार ९५१ मतदाता मध्ये १ हजार ८८१ ले मतदान गरेका थिए।

प्रकाशित: १० पुस २०७८ ०३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App