१२ आश्विन २०८१ शनिबार
image/svg+xml

‘लम्पी स्किन’ले गोरु मर्न थालेपछि रोपाइँमा बाधा

गोरखामा ‘लम्पी स्किन’ रोगका कारण गोरु मर्न थालेपछि रोपाइँमा बाधा पुगेको छ। असार अन्तिम साता सुरु भइसक्दा पनि यहाँका किसानले अझैसम्म धान रोपाइँ गर्न पाएका छैनन्।

लम्पी स्किनप्रति उदासीनता

असार मानो रोपेर मुरी उब्जाउने महिना हो। भूपरिवेष्ठित मुुलुक भएकाले यहाँका धेरै भूभाग भिरालो हुनु स्वाभाविक छ। त्यसैले यस्तो जमिनमा ट्रयाक्टर जस्ता आधुनिक औजार भन्दा गोरु, राँगा जस्ता जनावर खनजोतका लागि सहज हुन्छन्।

लम्पी स्किनः हल फुट्यो, रोपाई रोकियो

यो बेला धान रोप्ने व्यस्त समय हो। रोपाईका लागि किसान खेतमा व्यस्त छन्। पानी परिरहेकोले धेरैतिर रोपाई पनि चलिरहेको छ। तर, रोपाईको यही चटारोबीच धमाधम गाई–गोरुको ज्यान गइरहेको छ। रोपाई चलिरहेको बेला गोरु मरेपछि किसान भने चिन्तामा छन्। यो बेला पशुमा देखिएको लम्पी स्किन रोगले धमाधम गाई गोरुको ज्यान गईरहेको छ।

लम्पी स्किन रोग नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

सरकारले महामारीको रूपमा पशु चौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सबै प्रकारका साधन स्रोत उपलब्ध गराइएको उल्लेख गरेको छ।

जुम्लाको सबै पालिकामा देखियो लम्पी स्किन

जुम्लाको ८ वटै स्थानीय तहमा लम्पी स्किन रोग देखिएको पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढा थापाले बताए।

‘लम्पी स्किन’ रोगविरुद्ध खोप अभियान

लम्पी स्किन रोगको संक्रमण फैलिंदै गएपछि गोरखा नगरपालिकाका तीन सय गाईभैंसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ।

कालिकोटमा तीन हजार बढी पशुमा ‘लम्पी स्किन’ संक्रमण

कालिकोटमा तीन हजार पाँच सय बढि पशुमा ‘लम्पी स्किन’ को संक्रमण देखिएको छ। लम्पी स्किन रोगको संक्रमणबाट कालिकोटमा अहिलेसम्म तिन सय १४ पशुको मृत्यु भएको छ।

अर्घाखाँची र गुल्मीका १२ हजार गाईभैंसीमा ‘लम्पी स्किन’

अर्घाखाँचीका ६ हजार ८ सय ८० र गुल्मीका ५ हजार २० गाईभैंसीमा लम्पी स्किन रोग लागेको पुष्टी भएको छ।

लम्पी स्किनको प्रकोप, साढे नौ हजार पशु मरे

चालु आर्थिक वर्षमा गत माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट हालसम्म नौ हजार चार सय १० गाई, गोरु र भैँसी मरेका छन्।

चितवनका पशुमा लम्पी स्किन खोप लगाउन रकम अभाव

चितवनका गाई भैँसीलाई लम्पी स्किन रोगको खोप लगाउन रकम अभाव भएको छ। जिल्लामा महामारीकै रुपमा फैलिएको यस रोग नियन्त्रणका लागि बजेट नभएपछि खोप खरिद नसकिएको हो।

कास्कीमा पनि लम्पी स्किन, ११ सय पशु चौपाया संक्रमित

पशु चौपायामा देखिएको लम्पी स्किन रोगको संक्रमण कास्कीका रुपा गाँउपालिका र भरतपोखरीमा बढी देखिएको छ।

‘लम्पी स्किन’ का कारण एक हजारभन्दा बढी पशु मरे

कोशी प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लामा ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशानालय विराटनगरले जनाएको छ।

बागमती प्रदेशमा लम्पी स्किनबाट १८ हजार गाई सङ्क्रमित

बागमती प्रदेशका १३ जिल्लामा घरपालुवा पशुचौपायामा देखिने विषाणुजन्य ‘लम्पी स्किन’ रोगको सङ्क्रमण बढ्न थालेको छ।

पशु चौपायामा लाग्ने लम्पी स्किन रोग बढ्दै

दार्चुलाको महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा पशु चौपायामा देखिएको लम्पी स्किन रोग देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्