२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

‘लम्पी स्किन’ रोगविरुद्ध खोप अभियान

फाइल तस्वीर

लम्पी स्किन रोगको संक्रमण फैलिंदै गएपछि गोरखा नगरपालिकाका तीन सय गाईभैंसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ।

गोरखा नगरपालिका पशुसेवा शाखा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र गोरखाको प्राविधिक सहयोगमा नगरपालिकाका दुई वडाका गाईभैंसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको पशुसेवा विज्ञकेन्द्र गोरखाका सूचना अधिकारी डा.लालमणि अर्यालले बताए।

रोगको संक्रमण बढ्दै गएपछि रोगको जोखिम न्यूनीकरण लागि नगरपालिकाको वडा नम्बर १३ र १४ मा पर्ने याङकोट क्षेत्रमा गाईभैंसीमा खोप अभियान सञ्चालन गरिएको उनले बताए।

लम्पी स्किन रोगको संक्रमण फैलिंदै गएपछि गोरखा नगरपालिकाका तीन सय गाईभैंसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ।

‘अहिलेसम्म तीन सय गाईभैंसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाई सकिएको छ’, उनले भने,‘गोरखा जिल्लामा पहिलो पटक लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको यो नै पहिलो पटक हो।

खोप कार्यक्रम सञ्चालनका लागि बुढीकोटी दुग्ध उत्पादन सहकारी संस्थाले आर्थिक सहयोग गरेको डा. अर्यालले बताए। लम्पी स्किन रोग लागेपछि पशुवस्तुको दुग्ध उत्पादनमा ह्रास आउने मात्र नभई समयमा उपचार नभए पशुको मृत्युसमेत हुने डा अर्यालले बताए।

‘पशुमा यो रोगको लक्षण देखिनेबित्तिकै पशु चिकित्कसँग परामर्श गरी उपचार गर्नुपर्छ’, उनले भने, ‘एक पशुवस्तुबाट अर्को पशुवस्तुमा सर्न नदिन रोग लागेको पशुवस्तुलाई निरोगी पशुवस्तुबाट अलग राखेर उपचार गर्ने व्यवस्था मिलाउन सके रोग सर्नबाट कम गर्न सकिन्छ।’

गोरखा जिल्लाका पाँचभन्दा बढी स्थानीय तहमा लम्पी स्किन रोगको संक्रमण फैलिसकेको छ।

खोप कार्यक्रम सञ्चालनका लागि बुढीकोटी दुग्ध उत्पादन सहकारी संस्थाले आर्थिक सहयोग गरेको डा. अर्यालले बताए।

जिल्लाको भीमसेन थापा गाउँपालिका, सहिद लखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, गण्डकी गाउँपालिका र धार्चे गाउँपालिकामा लम्पी स्किन रोगको संक्रमण फैलिएको पशुसेवा विज्ञकेन्द्र गोरखाले जनाएको छ।

लम्पी स्किन रोगका कारण अहिलेसम्म ५८ भन्दा बढी पशुको मृत्यु भइसकेको छ। रोग नियन्त्रणका लागि एक ठाउँबाट अर्को ठाउँमा पशुचौपाया ओसारपसार नगर्न, चरन क्षेत्रमा नलैजान कार्यालयले आग्रह गरेको छ।

प्रकाशित: ११ असार २०८० ०४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App