२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

जुम्लाको सबै पालिकामा देखियो लम्पी स्किन

जुम्लामा पनि लम्पी स्किन रोगको संक्रमण देखिएको छ। जुम्लाको ८ वटै स्थानीय तहमा लम्पी स्किन रोग देखिएको पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढा थापाले बताए।

उनले भने, 'जुम्लाका ८ वटै स्थानीय तहमै देखा परेको छ, सबैभन्दा बढी कनकासुन्दरी, सिंजा, तिला,तातोपानी र गुठिचौर गाउँपालिका देखिएको छ।'

पशु सेवा कार्यालयका अनुसार सिंजा गाउँपालिकामा लम्पी स्किनबाट ४ वटा गाईगोरु मरेका छन् भने २ हजार गाईगोरु संक्रमित छन्। यस्तै कनकासुन्दरी गाउँपालिकामा लम्पी स्किनबाट १ सय १५ गाईगोरु संक्रमित छन्।    

त्यसैगरी तातोपानी गाउँपालिकामा ९ हजार १ सय १०, गुठिचौर गाउँपालिकामा ३ सय ४९ गाईगोरु  र २ सय ५१ चौरी लम्पी स्किनबाट संक्रमित भएका छन्। तिला गाउँपालिकामा भने लम्पी स्किनबाट ३० वटा गाईगोरु मरेको कार्यालयले जनाएको छ।

लम्पी स्किन हुँदा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने,खुट्टा सुनिने, शरिरमा फोका आउने लक्षण देखा पर्छन्।  

प्रकाशित: १८ असार २०८० ०८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App