महिलालाई निःशुल्क सार्वजनिक यातायात, विवाहमा ५१ हजार सहयोग
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सबै महिलालाई सार्वजनिक यातायतमा निःशुल्क यात्रा गर्न पाइने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सबै महिलालाई सार्वजनिक यातायतमा निःशुल्क यात्रा गर्न पाइने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ।
वायु प्रदूषणमा सवारीसाधनको धुवाँले एक तिहाइभन्दा बढी हिस्सा ओगटेको छ।
मन्त्रालयले उपत्यकाबाहेक वाग्मती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुका लागि विगतको भाडादरमा १० प्रतिशत वृद्धि गरेको जनाएको छ। त्यसैगरी अन्य यात्रुवाहक सवारीसाधनको भाडा भने १३ प्रतिशतले वृद्धि गरिएको छ।
तीन वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान महासचिव सरोज सिटौला, ऐनकुमार साई, हरिशरण केसी विजयी भएका छन्। यस्तै, खुला सात उपाध्यक्षमा सानुकाजी प्रजापति ,भुवन बराल,रवि रिमाल, डम्बरराज पन्त , रामप्रसाद सुवेदी ,जीतबहादुर भारती र राजेन्द्र रिजाल विजयी भएका छन्।
यातायात मन्त्री रेणुकुमारी यादवले यातायात व्यवसायीसँगको मिलेमतोमा घट्दो विदेशी मुद्राको सञ्चितिलाई कारण देखाउँदै २० वर्ष पुराना गाडीमाथि लगाइएको प्रतिबन्ध उल्टाउन चलखेल थालेकी छन्।
साझा यातायातका सञ्चालक समितिका सदस्य भुषण तुलाधारले साझाले चिनियाँ कम्पनीसँग खरिद गरेका तीन वटा विद्युतीय बस एक महिनाभित्रै आउने बताएका छन्। पहिलो चरणमा तीनवटा विद्युतीय बस परीक्षणको लागि ल्याइँदैछ’, उनले भने– ‘चिनियाँ कम्पनीले निर्माण गरेको बस यहाँको सडक अनुसार गुड्न सक्छ कि सक्दैन भनेर पनि परीक्षण गर्न लागिएको हो।
विभागले यात्रुवाहक सवारीसाधनको भाडामा १० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा १३ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा १५ प्रतिशत वृद्धि गरेको छ। विभागले यो नयाँ भाडा दर आइतबारदेखि नै लागू हुने जनाएको छ। विभागले दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रिय रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडा दर समायोजन गरेको हो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गरेरै अघि बढनुपर्ने अवस्था रहेको बताएकी छिन्।
अबको दुई महिनामा चालक अनुमतिपत्र परीक्षाका लागि फारम भरेका सबैको परीक्षा लिइसकिने योजना बनाइएको छ।
भरतपुर महानगरपालिकाले सात सरकारी विद्यालयलाई स्कुल बस उपलब्ध गराएको छ। गत वर्ष पाँच विद्यालयलाई बस खरिदका लागि बजेट उपलब्ध गराइएको र चालु आर्थिक वर्षमा दुई विद्यालयसँग बस खरिदका लागि सम्झौता गरिएको छ।
करिब ४९ अर्ब रूपैयाँको लागत थियो। घटाउन अनुरोध गरें, करिब पाँच अर्ब घटाएर ४४/४५ अर्बको ल्याए। नेपालजस्तो अल्पविकसित देशले यति ठूलो रकम खर्च गरेर ऋणमा सडक बनाउन सक्दैन भनेर रोकें।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सहसराम यादव र श्रम, रोजगार तथा यातायात व्यवस्थामन्त्री पुर्मती ढेगा मगरले रिवन काटेर कार्यालयको संयुक्त उद्घाटन गरेका हुन्।
सरकारले सुक्खा बन्दरगाह इलाकालाई भन्सार क्षेत्र घोषणा गरेर भन्सार कार्यालय खोल्ने अनुमति दिए काम सुरु गर्न सकिने भन्सार विभागको भनाइ।
यातायात मजदुरले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा अन्य ऐनका श्रमिक प्रतिकूल दफाहरु संशोधन गर्न माग समेत गरेका हुन्।
हिमाली जिल्ला मनाङ, मुस्ताङ, म्याग्दी सहित गोरखा र कास्कीका उच्च भेगमा बाक्लो हिमपात भएको छ। हिमपातले हिमाली जिल्लाको अरु जिल्लासँग सम्पर्क टुटेको छ। मनाङमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध छ। त्यस्तै म्याग्दीको गुर्जामा पनि विद्युत र टेलिफोन सम्पर्क टुटेको छ। हिमाली जिल्लासम्मको यातायात पनि अवरुद्ध भएको छ।