८ असार २०८१ शनिबार
image/svg+xml
समाज

कपिलवस्तुको तौलिहवामा यातायात व्यवस्था सेवा कार्यालय

कपिलवस्तुको सदरमुकाम तौलिहवामा यातायात व्यवस्था सेवा कार्यालय सञ्चालन गरिएको छ। लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सहसराम यादव र श्रम, रोजगार तथा यातायात व्यवस्थामन्त्री पुर्मती ढेगा मगरले रिवन काटेर कार्यालयको संयुक्त उद्घाटन गरेका हुन्।

हालसम्म रुपन्देहीको बुटवलर भैरहवाबाट सेवा लिदैं आएका अर्घाखाँची र कपिलवस्तुका नागरिकलाई लक्षित गरि तौलिहवामा सेवा कार्यालय विस्तार गरिएको हो। लुम्बिनी प्रदेशकी श्रम, रोजगार तथा यातायात व्यवस्थामन्त्री पुर्मती ढेगा मगरले सेवा कार्यालय सञ्चालनले यस भेगका नागरिकलाई सेवा प्रवाहमा सहजता आएको बताइन्।

भौतिक पूर्वाधार विकासमन्त्री सहसराम यादवले सेवा कार्यालयलाई स्थाई रुपमा सञ्चालन गर्न तथा सेवा थप गर्न जग्गाको व्यवस्थापन हुन सके प्रदेश सरकारले जनशक्ति र पूर्वाधारमा लगानी गर्ने बताए। उनले स्थापित कार्यालयलाई स्थायी रुपमै सदरमुकाममा कायम राख्न सबैको ध्यानाकर्षण हुनु पर्नेमा जोड दिए। तौलिहवा उद्योग वाणीज्य संघका अध्यक्ष गयादीन कुर्मीले आफूहरुले ३ वर्ष अघि देखि गरेको पहलले सार्थकता पाएको बताए। कार्यालय सञ्चालनले सदरमुकाम क्षेत्रमा व्यवसाय प्रवद्र्धनलाई सहजता मिलेको उनले बताए।

यस्तै कार्यालयमा शुसासन कायम गरिनुपर्नेमा प्रजिअ चक्रपाणी पाण्डेले जोड दिए। जिल्लाको विकास सबैको सरोकारको विषय बन्नु पर्नेमा पूर्व प्रदेशमन्त्री एवम प्रदेशसभा सांसद धर्मबहादुर लाल श्रीवास्तवले जोड दिए। स्थापित कार्यालयलाई बिलबुक नविकरण, सवारी साधनको कर लिने, प्रमिट बितरण गर्ने, सवारी जाँचपास र पटके सेवा गरि पाँच किसिमका अधिकार तत्कालै दिइएको लुम्बिनी प्रदेशका श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव दिपकराज नेपालले बताए। लाईसन्स वितरणमा बढ्दो भिडभाड व्यवस्थापनका लागि कपिलवस्तु र नवलपरासीबाट लाईसन्स वितरण सेवा उपलब्ध गराउन मन्त्रालय लागेको सचिव नेपालले बताए।

मन्त्रालयका सचिव दिपकराज नेतालको अध्यक्षता, सेवा केन्द्रका प्रमुख राजन केसीको सञ्चालन र अधिकृत हरि पन्थीको स्वागतमा जसपा केन्द्रिय नेता दान बहादुर चौधरी, लोसपा जिल्ला उपाध्यक्ष जानसन शर्मा, एमाले नेता किरण देवकोटा कांग्रेस नेता गोपीकृष्ण शर्मा, जनता समाजबादी पार्टीको नेता अव्दुल रसिद खा, शैलेन्दू्र यादव, राप्रकाका जिल्ला अध्यक्ष नारायण बहादुर सिंह लगायतले मन्तव्य दिएका थिए। कार्यालयका शुभारम्भको अवसरमा लु १ ज २०२२ नम्बरका गाडी साहु मोहोम्मद हैदर मुसलमानलाई अस्थायी रुट परमिटको रसिद दिएर कामको सुभारम्भ गरिएको थियो।

प्रकाशित: ४ फाल्गुन २०७८ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App