५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

लोसपासँग चुनावी गठबन्धन हुने अवस्था छैन: मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गरेरै अघि बढनुपर्ने अवस्था रहेको बताएकी छिन्।

जनता समाजवादी पार्टी, नेपालको नेतृ समेत रहेकी मन्त्री यादवले स्थानीय तह निर्वाचनमा सबै ठाउँमा सत्तारुढ दलहरुबीच गठबन्धन नभएपनि ठाउँ हेरेर त्यसको निक्र्यौल हुने पनि स्पष्ट पारिन्।

शुक्रबार जनकपुरमा विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग पनि तत्काल चुनावी गठबन्धन हुने अवस्था नरहेको स्पष्ट पारिन्।

विचार, मन र नियत तीन वटै कुरा नमिल्ने भएकाले सो पार्टीसँग तत्काल चुनावी तालमेल हुने अवस्था नरहेको मन्त्री यादवको तर्क थियो। मन्त्री यादवले राजनीतिमा हरेक सम्भावना हुने तर त्यो विचार, मन र नियत नमिल्दा सम्भव नहुने पनि दोहोर्‍याइन्। उनले परिस्थिति अनुसार विभिन्न दलहरुसँग चुनावी तालमेल गर्दै अघि बढने पनि बताइन्।

प्रकाशित: १८ चैत्र २०७८ १०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App