वन क्षेत्रको अतिक्रमण रोकः सर्वोच्च
सर्वोच्च अदालतले पर्साको सार्वजनिक जंगल अतिक्रमण रोक्न मधेश प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार चुडालको एकल इजलासले वन क्षेत्रमा अतिक्रमण गरी अनाधिकृत संरचना बनाउन रोक्न आदेश गरेको हो।
सर्वोच्च अदालतले पर्साको सार्वजनिक जंगल अतिक्रमण रोक्न मधेश प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार चुडालको एकल इजलासले वन क्षेत्रमा अतिक्रमण गरी अनाधिकृत संरचना बनाउन रोक्न आदेश गरेको हो।
सुदूरपश्चिमको अस्थायी राजधानी रहेको सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढी समान्य वर्षा हुदाँ पनि डुवानमा पर्छ। वर्षातको दुई/तीन महिना वस्ती, बजार जताततै डुवानले धनगढीवासीलाई खपिनसक्नु सास्ती हुने गर्छ।
कर्णाली राजमार्गको जुम्ला खण्डको जिरो प्वाइन्टदेखि बसपार्क क्षेत्रमा मात्रै सडक अतिक्रमण गरेर करिब दुई दर्जन संरचना निर्माण गरेको भेटिएको छ।
“मौलिक भाषा, संस्कृति, कलामाथि अतिक्रमण भइरहेको छ। हामी जानीनजानी यो अतिक्रमणमा परिरहेका छौँ। हामी सोचौँ त हाम्रो मौलिक भाषा रहेन भने, हाम्रो कला, संस्कृति रहेन भने हाम्रो पहिचान रहला?”, उनले भने,“भूगोलले मात्रै हाम्रो पहिचान रहन सक्दैन। राष्ट्र भनेको भूगोल मात्रै होइन। मेरो आग्रह छ–हाम्रो मौलिक भाषा, कला, संस्कार, संस्कृति जोगाऔँ। प्रवर्द्धन गरौँ। र, भावी पुस्तालाई हस्तान्तरण गरौँ।”
प्रहरीका अनुसार अलीले सरकारी जग्गा अतिक्रमणका लागि मानिसलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बाँडफाँट गर्ने, त्यसका लागि समिति बनाउने, ब्यानर बनाउने, बैठक बसी माइन्युटिङ गर्नेलगायतका कामको नेतृत्व गरेका थिए।
मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न आएका स्थानीय र प्रहरीबीच झडपले उग्र रुप लिएपछि प्रशासन कार्यालयले आइतबार दिउँसो ४ बजेदेखि कर्फ्यू आदेश जारी गरेको थियो।
तत्कालीन ‘नेपाल गभर्मेन्ट रेल्वे’ को एक हजार ७ सय ४९ बिघा जग्गा अतिक्रण गरिएको छ। रक्सौल–अमलेखगन्ज रेल मार्गमा पर्ने उक्त जग्गा व्यक्ति र उद्योगहरूबाट अतिक्रमणमा परेको हो। विक्रम संवत् १९८४ अर्थात् सन् १९२७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा ‘नेपाल गभर्मेन्ट रेल्वे’ स्थापित भएको थियो।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा सयौं बिघा जग्गा गैरकानुनी रुपमा बिक्रीवितरण गरेको, लिजमा दिएको, अतिक्रमण गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई सयजनाभन्दा बढीसँग बयान लिएको छ।
यसअघि आइतबार ज्योतीनगरमा एउटा घर पुर्नुका साथै दुइ दर्जन घरमा बाढी पसेको थियो। पहिरो खस्न अझै रोकीएको छैन। ज्योतीनगर,बमघाट क्षेत्र अस्तव्यस्त छ। सशस्त्र प्रहरी र सेना उद्यारमा खटिएका छन। जोखीम क्षेत्रका स्थानीयलाइ सुरक्षित स्थानमा सारिएको छ।
बुधवार बिहान परेको वर्षाले एक छिनमै धनगढीका बिभिन्न ठाउँ जलमग्न भए। यस वर्षको वर्षातमा मात्र धनगढीका अधिकाशं वस्ती, सडक, मुख्य बजार क्षेत्र ४,५ पटक डुवानमा परिसके। खोला नाला पुरै अतिक्रमण गरिएकोले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी वर्षा हुने बित्तिकै डुवानमा पर्ने गरेको छ।
नेपाल रेल्वेको जग्गा नेपाली पक्षको लापरबाहीले गर्दा नै भारतीयद्वारा अतिक्रमण भएको हो। नेपाली जग्गामा बनाइएका घर, टहरा हटाउन पनि सहज छैन। अहिले भने भारतको सरकारी पक्षले उक्त जग्गा नेपाल सरकारको रहेको भन्दै त्यहाँ भइरहेको सडक निर्माणका लागि नेपालको सहमति खोजेको छ।
गृहमन्त्री खगराज अधिकारीले नेपाल सदियौंदेखि स्वतन्त्र र सार्वभौम राष्ट्र भएको बताएका छन्। त्यसलाई बचाइराख्न कतैबाट पनि नेपालको एक इन्च पनि कसैलाई अतिक्रमण गर्न नदिइने प्रष्ट पारे।
सिरहा नगरपालिका–२० लगडीगदियानी र भारत पौदमा पञ्चायत वडा नम्बर–४ (लगडी) बीचमा आरपी २८ नम्बरको सीमास्तम्भ त ठडिएको छ। तर यो सीमास्तम्भ ज्ञानी मुखियाको आँगनमै छ। मुखिया भारतको लगडी गाउँका हुन्।
भुमि आयोगबाट सुकुमबासीहरूले धनी पुर्जा पाउने हल्ला चलाएर धरानको सर्दु खोला अतिक्रमण गरी बस्ती बसाउन चलखेल सुरु भएको छ। धरान– १७ कालापानीस्थित सर्दु खोलामा अतिक्रमण गरि रातारात एक सयभन्दा बढी घडेरी तथा ४ वटा टहरा बनाएको पाइएको हो।
नेपालको पर्यटन व्यवसायमा प्राकृतिक सम्पदाहरूको महत्वपूर्ण योगदान रही आएको कुरामा दुईमत छैन। गण्डकी प्रदेश स्थित जिल्ला कास्कीको पोखरा महानगरपालिकामा रहेका फेवाताल, रूपाताल, बेगनासताल, खास्टेताल, दिपाङताल, गुदेताल, मैदीताल र कमलोगेखरी गण्डकी प्रदेशमा आन्तरिक र वाह्य पर्यटकहरू बोलाउने खानी हुन्।