नेपालको पर्यटन व्यवसायमा प्राकृतिक सम्पदाहरूको महत्वपूर्ण योगदान रही आएको कुरामा दुईमत छैन। गण्डकी प्रदेश स्थित जिल्ला कास्कीको पोखरा महानगरपालिकामा रहेका फेवाताल, रूपाताल, बेगनासताल, खास्टेताल, दिपाङताल, गुदेताल, मैदीताल र कमलोगेखरी गण्डकी प्रदेशमा आन्तरिक र वाह्य पर्यटकहरू बोलाउने खानी हुन्।