२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नदि अतिक्रमणले निम्त्याउँदै विनास

ज्योतीनगरमा पहिरोले ७ घर पुर्‍याे,तिनाउ कटानले ३५ घर बिस्थापित

चुरेको पहिरो पसेको बुटवलको ज्योतीनगर। तस्बिर: नागरिक

बुटवलको ज्योतीनगरमा  पहिरोले सोमबार थप ७ घर पुरेको छ। ५० बढी घरहरु उच्च जोखिममा छन्। इलाका प्रहरी कार्यालय बुटवलका इन्चार्ज डिएसपी मदन कुँवरका अनुसार ज्योतीनगरको बमघाटमा सिता थकाली,तुल्सा सुवेदी,अम्बर बिक,यमबहादुर पुन,इश्वरी पाण्डे,रोशन राणा र मन कुमारी शर्माको घर पहिरोले पुरेको हो।  

यसअघि आइतबार ज्योतीनगरमा एउटा घर पुर्नुका साथै दुइ दर्जन घरमा बाढी पसेको थियो। पहिरो खस्न अझै रोकीएको छैन। ज्योतीनगर,बमघाट क्षेत्र अस्तव्यस्त छ। सशस्त्र प्रहरी र सेना उद्यारमा खटिएका छन। जोखीम क्षेत्रका स्थानीयलाइ सुरक्षित स्थानमा सारिएको छ।  

चुरेबाट खसेको ढुंगासहितको लेदो बाढीले बुटवल बजार पनि हिलाम्य र जलाम्य बनाएको छ। बाढीले गोलपार्कबाट ज्योतीनगर,लक्ष्मीनगर जाने सडक क्षतबिच्छेत बनाउँदा आवागमनमा समस्या छ। त्यस्तै तिनाउ नदिको कटानले बुटवलमा करिब तीन दर्जन घरहरुमा क्षति पुगेको छ। सकुम्बासीका नाममा नदिको बगर अतिक्रमण गरेर बसालिएका बस्तीहरुमा तिनाउँले कटान गर्दा ३५ घरपरिवार बिस्थापित भएको प्रहरीले जनाएको हो।

बुटवल शहरको  शिरमा रहेको चुरे र  शहर हुँदै बग्ने तिनाउ नदिको अनियन्त्रित दोहन र अतिक्रमणले बुटवल शहरलाइ नै जोखीममा पारेको छ। यहाँ वर्षेनी बाढि पहिरो र नदि कटानले क्षती हुने गरेको छ। बुटवल गोलपार्कको पूर्व उत्तरमा रहेका बस्तीहरु ज्योतीनगर,बोमघाट,लक्ष्मीनगर चुरे फाँडेर बसालिएका बस्ती हुन। बुटवल बहुमुखी क्याम्पसको पछिल्तीर चुरेको फेद तासेर बसालिएको भिरालो बस्ती ज्योतीनगरमा यसअघि २०५५ साल भदौ २० गते पनि ठुलो पहिरो गएको थियो। त्यतीबेलाको पहिरोले बिस्थापित भएका करिब २० घरपरिवारलाइ बुटवलकै तामनगर पारीपट्टी जग्गा उपलब्ध गराइएको थियो भने ५७ घरपरिवारलाइ सरकारले क्षतिपुर्ति दिएको थियो।  

तर, तामनागरमा जग्गा पाएका तत्कालिन पहिरो पिडीतहरु हिउँद लागेपछि फेरी ज्योतीनगरको पहिरोमै फर्कीए। पहिरो हटाएर घर घडेरी तयार गरे र ती जग्गा धनीले अरुलाइ बेचे। २३ वर्षअघि पहिरोले पुरेको ज्योतीनगरको भैसीटोल क्षेत्रमै फेरी यसपाली पहिरो खसेर क्षति पुर्याएको हो।

०५५ को पहिरो लगत्तै तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले स्थलगत निरीक्षण गरी अध्ययनकालागि विशेषज्ञ सहितको टोली खटाएका थिए। भुगर्भविद्हरुले ज्योतीनगर,बमघाट र लक्ष्मीनगरको बस्तीमाथिको चुरे पहाडमाथिबाटै चिरा चिरा परेकाले ती बस्ती जोखीममा रहेको प्रतिवेदन दिएको बुटवलका पुर्व नगरप्रमुख पुनाराम पोख्रेलले बताए।  

तर त्यतीबेलाको अध्ययन प्रतिवेदन अनुरुप काम हुनुको साटो पछिल्लो समय विकासका नाममा चुरेमाथिको अतिक्रमण झन बढेको उनले बताए। सिमित व्यापारीको फाइदाकालागि बशन्तपुर र नुवाकोट जस्ता चुरे पहाडमा केबलकार लगायतका संरचना बनाउन लागिएको र त्यसले बुटवल शहरलाइ भविष्यमा झन ठुलो जोखीमा पार्ने पोख्रेलको तर्क छ। 

पूर्व नगरप्रमुख पोख्रेलका अनुसार २०४० साल यता चुरेको बन फाँडेर बसेको ज्योतीनगरमा २०४४/०४५ सालमा बल्ल जग्गाको नापी गरी लाल फाराम दिइएकोथियो। त्यसपछि बाक्लीएको बस्तीसंगै सडक लगाएतका संरचना बने। तर चुरे संरक्षणमा उल्लेखनीय काम हुन सकेन।  पछिल्लो समय केही सिमित व्यापारिक घरानाहरुले विकासका नाममा बिनास निम्त्याउने खालका आयोजनाकालागि चुरे माथि आँखा लगाइरहेको र राजनीतिक दलहरुले समेत त्यसलाइ मलजल गर्ने गरेको पोख्रेलको तर्क छ।  

प्रकाशित: १४ भाद्र २०७८ १५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App