२० आश्विन २०८१ आइतबार
image/svg+xml

राष्ट्रपति मनकामना जाँदा दुई घण्टा रोकिए भक्तजन

राष्ट्रपति विद्यादेवी भण्डारी बिहिवार मनकामना आउने कार्यक्रम तय थियो। सुरक्षा निकाय, उच्च पदस्थ, कार्यक्रम आयोजक र स्थानीयलाई उक्त खबरको जानकारी थियो। बिहिवार पुगेका भक्तजनलाई भने जानकारी थिएन, आखिर थाहा हुने कुरा पनि रहेन।

डोल्पा–नेपालगन्ज यात्रामा सास्ती नै सास्ती

घरको आँगनबाटै गाडी चढेर नेपालगन्ज पुगिन्छ भन्ने सुन्दा त्रिपरासुन्दरी नगरपालिका–१ की सुस्मिता श्रेष्ठ कम्ती खुसी भएकी थिइनन्। किनकि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै उनको वर्षौंदेखिको सडक यात्राको सपना पूरा हुँदै थियो। उनले हवाई टिकट रद्द गरेरै पहिलोपटक गाडीबाट नेपालगन्ज जाने निधो गरिन्। जिपमा भएभरका सामान राखेर त्रिपुरासुन्दरी–१ छलगाडबाट यात्रा थालिन्।

अव्यवस्थाले भक्तजनलार्इ सास्ती

भक्तपुर कमलविनायककी सिर्जना बस्नेत बेलैमा पशुपतिनाथको दर्शन गरेर घर फर्किने मनशायले सोमबार बिहान ३ बजे नै पशुपतिनाथको मन्दिर परिसर पुगेर लाइन लागिन्। लाइन खुकुलो नै भएकाले चाँडै दर्शन गर्न पाइनेमा उनी ढुक्क थिइन्। तर पशुपतिनाथ मन्दिरको मूलढोकामा पुग्दा १ बजिसकेको थियो।

फोहोरको दुर्गन्धले सास्ती

बौद्ध सरसफाइ केन्द्र प्रालिले बौद्धस्थित अरब बैंकमा फोहोर प्रशोधन गर्दा उक्त फोहोरको दुर्गन्धले स्थानीयलाई सास्ती भएको छ। बौद्ध क्षेत्रभरिको फोहोर जम्मा गरी त्यहाँ प्रशोधन गर्दै आएपछि उनीहरूले सास्ती भोगेका हुन्।

अस्तव्यस्त सडकले सर्वसाधारणलाई सास्ती

काठमाडौं महानगरपालिका वडा–३२ स्थित पेप्सीकोला टाउन प्लानिङको धौलागिरी महेन्द्र एकता मार्गको सडक पिच उप्किएपछि स्थानीयले सास्ती भोग्नुपरेको छ। पिच उप्केको एक वर्ष बित्दा पनि सडक मर्मत हुन सकेको छैन।

सडकपेटी ठेला व्यापारीले पैदलयात्रुलाई सास्ती

वीरगन्ज घन्टाघरदेखि रानीघाट जाने बाटोमा ठेलामा व्यापार गर्नेहरूका कारण आवतजावतमा समस्या आएको छ। घन्टाघरनजिकै जिल्ला प्रशासन कार्यालय रहेका कारण उसै त त्यस सडकमा मानिसको आवतजावत बढी हुन्छ, त्यसमाथि सडकपेटीमै ठेलामा बेचिने खानेकुरा खानेहरूको भीडले पैदलयात्रु सास्ती खेप्न बाध्य छन्। भीडभाडले गर्दा ससाना सवारीसाधन चलाउनसमेत मुस्किल पर्ने गरेको छ।

माघे झरीले सालीनदी मेला भर्न सकस

माघेझरिले  चावहिल–साँखु सडकखण्ड हिलाम्मे हुँदा सालीनदी स्नान गर्न जाने दशर्नार्थीले सास्ती पाएका छन्। तीनदिनदेखि परेको माघेझरीले चावहिल–साँखु सडक हिलाम्मे हुँदा दर्शनार्थीले सकस भोगेका हुन्। हिलाम्मे र अस्तव्यस्त सडकको कारणले चावहिल–साँखु यात्रा गर्ने यात्रुले दुःख पाएको गुनासो गरेका छन्। सडक विस्तारका नाममा भएको राजनीतिले वर्षेनी हुँदै आएको मर्मत समेत रोकिएपछि यो सडकमा यात्रा गर्ने यात्रु र सवारी साधन चलाउने चालकले समेत सास्ती खप्दै आएका छन्।

जोर–बिजोरले प्रणालीले सर्वसाधारणलाई सास्ती

उपत्यकामा आजदेखि लागू गरिएको जोर–बिजोर सवारी प्रणालीका कारण सर्वसाधारणले सास्ती खेपेका छन्। राजधानीमा बिहीबारदेखि सुरू भएको ‘एसिया प्यासेफिक सम्मेलन’मा भाग लिन आउने विदेशी पाहुनालाई लक्षित गरेर सरकारले जोर–बिजोर सवारी प्रणाली लागू गरेको हो।

भिभिआइपी सवारीमा जनतालाई सधै सास्ती

जब राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री राजकीय, औपचारिक र अनौपचारिक भ्रमणमा निस्कँदा जनस्तरबाट भ्रमण शैलीको तीव्र आलोचना हुन्छ ।

सडकमा सास्ती

सडकमा सबैभन्दा सास्ती तिनैलाई हुन्छ जसले अन्य मार्ग उपयोग गर्न सक्दैनन्। पहुँच र पैसावालालाई सडक प्रयोग नगरे पनि पुग्छ। चितवनबाट काठमाडौंसम्म पनि हवाईमार्ग प्रयोग गर्न सक्ने व्यक्ति धेरै छैनन्। अधिकांशका लागि सडक प्रयोग अनिवार्य हुन्छ।

दुर्गमका विद्यालय, असहजतामा विद्यार्थी

रोल्पाका विद्यार्थीहरू आज पनि विद्यालय टाढा भएपछिको सास्ति भोग्दै छन्। दुर्गम पहाडी भु–भाग रहेको यहाँ लामो अनि उकाली ओराली बाटो पार गर्दै समयमै विद्यालय हातामा प्रवेश गर्नुपर्ने बाध्यता छ।

दिनभरि दुःख दियो पहिरोले

बाराबाट काठमाडौंका लागि हिँडेका लक्ष्मी गुप्ता मंगलबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर १ को रामनगरमा थिए । नारायणढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोका कारण उनको गाडी रामनगरमा रोकिएको थियो।

जीर्ण बन्दै नौबिसे–नागढुङ्गा सडक, दिनहुँ जामले सास्ती

राजधानी काठमाण्डौ प्रवेश गर्ने मुख्य मार्ग त्रिभुवन राजपथका सडक जीर्ण हुदाँ दुर्घटनाको जोखिम बढाएको छ। जीर्ण सडकमा घण्टौँ सवारी जाम हुदाँ काम विशेषले यात्रामा निस्केकाहरु कतिबेला गन्तव्यमा पुग्ने ठेगान हुँदैन।

बिरामी अस्पताल

दीर्घरोगी जस्तै बनेर थलिएको जिल्ला अस्पताल रोल्पामा आवश्यक भौतिक पूर्वाधार र प्रयाप्त जनशक्ति नहुँदा बिरामीसँगै स्वास्थ्यकर्मीले हैरानी भोगिरहेका छन्। पछिल्ला केही वर्षयता डाक्टरहरू अस्पतालमा नियमित बस्न थालेपछि बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएपनि यहाँ हरेक चिजको अभाव छ। स्थानीयला

बाढिले काठेपुल बगाउँदा असारदेखि विद्यार्थी विद्यालय जानबाट बन्चित

हुम्लाको खापुनार्थ गाउँपालिका ३ मा रहेको कारङ्ग खोलामा पुल नहुँदा गएको असारबाट कारङ्गका १४ विद्यार्थी विद्यालय जानबाट बन्चित भएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्