१९ असार २०८१ बुधबार
image/svg+xml

बाढीपहिरोले सास्ती

वर्षाका कारण मुलुकका विभिन्न भागको जनजीवन प्रभावित भएको छ। बाढी-पहिरोका कारण कतै डुबान त कतै सडक अवरुद्ध हुँदा जनजीवनमा प्रतिकूल असर परेको हो। बबईको बाढीले बगाएर तीनजना बेपत्ता भएका छन्।

भक्तपुर–नगरकोट सडकखण्ड–सास्ती खेप्दै स्थानीयवासी

भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटीमा सडकभरि खाल्डैखाल्डो। अलिमाथि नेपाली सेनाको खरिपाटी ब्यारेकदेखि चाँगुनारायण नगरपालिका कार्यालय अगाडिसम्म कालोपत्र उप्किएर बनेका उस्तै खाल्डाहरु।

मुगुमा जहाज नआउँदा बिरामीलाई सास्ती

मुगु कार्मारोङ गाउँपालिकाको पुलु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हिमा बुढा उपचारका लागि नेपालगञ्ज जान अघिल्लो बुधबार मुगु विमानस्थल पुगिन्। एक दिन पैदल यात्रा र अर्को एक दिन गाडी चढेर विमानस्थल पुगेकी बुढा कहिले नेपालगञ्ज पुग्ने हुन् पत्तो छैन्।

नेपाल-भारत सीमामा नेपालीलाई सास्ती

नेपाल भारत सीमा क्षेत्रमा नेपालीले भारत पस्ने क्रममा निकै सास्ती खेप्नुपरेको छ। गत केही दिनयता भारतीय सीमामा रहेका प्रहरीले नेपालीलाई निकै कडाइ गरेका हुन्।

मालिकलाई उन्मुक्ति, भरियालाई सास्ती

नेपालमा लामो समयदेखि सुन तस्करी हुँदै आए पनि मुख्य मालिकभन्दा भरियाले सास्ती पाउने गरेका छन्। लगानीकर्ता र तस्करहरूले भरियामार्फत सुन ओसारपसार गर्ने गरेका छन्। त्यसकारण सुरुमा भरिया मात्रै पक्राउ पर्ने र मालिकहरूले उन्मुक्ति पाउने गरेका हुन्।

नेपालगन्जमा ‘मगन्ते’को राज

नेपालगन्जको धम्बोझीनजिकै कोहलपुरका लागि लोकल गाडी छुट्ने स्थान र पुष्पलाल चोकमा जो कोही जानूस्, त्यहाँबाट तपाईं सहजै उम्किन सक्नु हुन्न।

झोला तान्नेदेखि गाडी घेराउसम्म

पोखरा आउने पर्यटकको मुख्य प्रवेशद्वार पृथ्वीचोक हो। सडक तथा हवाई मार्गबाट आउने जोकोही यही चोकबाट पोखराको मुख्य शहरीक्षेत्रमा प्रवेश गर्नुको विकल्प छैन।

मुग्लिन–नारायणगढ सडकमा पहिरोले सास्ती:कतिखेर गन्तव्यमा पुगिने ठेगान छैन

तनहुँको दमौलीबाट बस चढेका मिलन हड्खलेलाई काठमाडौं पुग्न झन्डै १८ घन्टा लाग्यो। बिहान ६ बजे दमौलीबाट बस चढेका उनी काठमाडौंको बालाजुस्थित बसपार्कमा ओर्लिंदा मध्यरातको १२ बजिसकेको थियो। दमौलीबाट काठमाडौंसम्मको १५० किलोमिटर दुरी अरूबेला पाँच घन्टामै पूरा हुन्थ्यो तर यसपटक सोही दुरी पार गर्न उनलाई १८ घन्टा लाग्यो।

मुग्लिन–नारायणगढ पहिरोः गन्तव्यमा कतिखेर पुगिन्छ भन्न सकिन्न

गण्डकी र धवलागिरीका विभिन्न जिल्लाका यात्रु पृथ्वी राजमार्ग हुँदै आउजाउ गर्दा मुग्लिनमा भेट हुन्छ। त्यसपछि यात्रुहरु चितवन र काठमाडौंतिर बाँडिने गर्नछ। अहिले पृथ्वी राजमार्गको पोखरा–आँबुखैरेनी खण्ड बिस्तारको क्रममा रहेर धुलो र हिलोको सास्ती भएपनि पहिरोको समस्या उत्तिसारो दोहोरिएको छैन। तर, मुग्लिन–नारायणगढका कारण निम्तिएको सास्ती भने पृथ्वी राजमार्ग भएर आउजाउ गर्ने यात्रुले पनि भोग्ने गरेका छन।

कर्णाली राजमार्ग जीर्ण: यात्रुलाई सधैं सास्ती

२०६३ साल चैत ३० गते सञ्चालनमा आएको यो राजमार्गलाई धेरैले ‘मृत्यु मार्ग’ पनि भन्छन्। ‘यतिका वर्ष हुँदा पनि सडक सुधारमा कसैले चासो देखाएनन्’, जुम्लाका भक्त रावतले भने, ‘नेताहरू चुनावका बेला यही राजमार्ग सुधार गर्छौं भनेर भाषण गर्छन्, जितेर गएपछि बिर्सन्छन्।’

पहिरोले लोकमार्गमा सास्ती

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत कास्कीको नागडाँडामा पहिरोका कारण दैनिकजसो सडक अवरुद्ध हुन थालेको छ।गत वर्ष सडक भासिएपछि जोखिमपूर्ण बनेको उक्त खण्डमा पहिरोले थप क्षति पुर्याएको हो।

मैवाखोला बाढीपहिरो: उद्धारमा सास्ती, ५१ घर उच्च जोखिम

कोशी प्रदेशमा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई तत्काल एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

‘सामाजिक सुरक्षा भत्ता लिन अब सास्ती हुँदैन’

भौगोलिक विकटताका कारण वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता लिन एक दिन हिंड्नुपर्ने अवस्थाको अन्त्य हुँदा मोरङको मिक्लाजुङका बासिन्दा हर्षित छन्।

सुन्दरहरैंचामा बिरामीलाई सास्ती

मोरङको सुन्दरहरैंचास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सक कम समयसम्म बस्ने तथा नभेटिंदा बिरामीलाई कठिनाइ हुने गरेको छ।

दसैँको बेला सडक अवरुद्ध, यात्रुलाई सास्ती

लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्