२२ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

सुन्दरहरैंचामा बिरामीलाई सास्ती

मोरङको सुन्दरहरैंचास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सक कम समयसम्म बस्ने तथा नभेटिंदा बिरामीलाई कठिनाइ हुने गरेको छ।

अस्पतालमा बिरामीको चाप अत्यधिक भए पनि चिकित्सक भने बिरामीको सेवाका लागि लामो समयसम्म नबस्ने गरेको बिरामीको गुनासो छ। सामान्य रोगको उपचार गर्न जाँदा चिकित्सक लामो समयसम्म नबसेका तथा नभेटिएकाले आफू पटकपटक धाउन बाध्य भएको सुन्दरहरैंचा-७ का बिरामी शम्भु विश्वकर्माले बताए। आफू जस्तै दैनिक ज्यालादारी गरेर खानेलाई सामान्य उपचारका लागि पनि पटकपटक अस्पताल धाउँदा समस्या हुने गरेको विश्वकर्माको भनाइ छ।

अस्पतालमा दैनिक रूपमा तीन सय बढी बिरामी उपचारका लागि पुग्छन्। बिरामीले काउन्टरमा बिल काटेर डाक्टरलाई जाँच गराउन, रिर्पोट बुझाउँन जाँदा अधिकांश चिकित्सक नभेटिने, हिंडिसकेको हुने स्थानीय सेवाग्राही केशव ओझाले बताए। पूर्वाञ्चल विश्वविद्यालय आठ सय पाँच बिघा क्षेत्रफलमा फैलिएको छ। उपचारका लागि विभिन्न विभाग भए पनि चिकित्सक समयसम्म नबसेका तथा नभेटिएकाले सेवाग्राहीलाई सास्ती हुने गरेको स्थानीय शिक्षासेवी चोलाराज पोखरेलले बताए।

बिरामी भएर अस्पताल जाँदा पालो कुर्दाकुर्दै काम सकेर चिकित्सक छिट्टै हिंड्ने गरेकाले यो समस्याको समाधान गरी सरकारी अस्पतालले दिने सेवा सुविधालाई सुधार गर्न जरूरी रहेको पोखरेलले बताए। अस्पतालको सुधार र विकासका लागि सम्बन्धित पक्षले चासो राखेर काम गर्न आवश्यक भएको निर्देशक आचार्यले बताए। दरबन्दी अनुसार चिकित्सक नहुँदा समस्या भएको उनको भनाइ छ।

अस्पतालका चिकित्सक डा. चन्दन विश्वासले बिरामीको चाप अत्यधिक भएकाले उपचारमा समस्या भएको बताए।  

प्रकाशित: २८ आश्विन २०७९ ०५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App