नेपालगन्जको धम्बोझीनजिकै कोहलपुरका लागि लोकल गाडी छुट्ने स्थान र पुष्पलाल चोकमा जो कोही जानूस्, त्यहाँबाट तपाईं सहजै उम्किन सक्नु हुन्न। किनकि त्यहाँ मगन्तेको ‘राज’ छ। सडक वा रोकिएका सवारीसाधन जहाँ पनि मगन्ते पुग्छन् र हात जोड्दै पैसा माग्न थाल्छन्। अव्यवस्थित रूपमा सडकमा माग्न बसेकाहरूले सर्वसाधारणलाई सास्ती दिने गरेका छन्।
नेपालगन्जस्थित धम्बोझीनजिकै विकास कार्की गाडी पार्किङ गर्छन् र बाहिर निस्किन खोज्छन्। गाडीबाट बाहिर निस्किँदै उनको अगाडि ‘दाइ पैसा’ भन्दै महिलाले कचौरा थाप्छिन्। उनले पैसा नदिँदासम्म ती महिलाले उनलाई गाडीबाट बाहिर निस्किनै दिइनन्।
अन्ततः कार्कीले पैसा दिए, अनि मात्र उनीबाट उन्मुक्ति पाए। गाडीबाट ओर्लिन नपाउँदै अरू बालबालिका आउँछन्, खुट्टा समाउँछन् अनि भन्छन्, ‘अंकल पैसा दिनू न पैसा।’ उनको कामको ध्यान एकातिर थियो। गाडीबाट झर्दाको अवस्थाले उनको ध्यान नै अन्तै मोडियो।
नेपालगन्जको धम्बोझीनजिकै कोहलपुरका लागि लोकल गाडी छुट्ने स्थान र पुष्पलाल चोकमा जो कोही जानूस्, त्यहाँबाट तपाईं सहजै उम्किन सक्नु हुन्न।
त्यस्तै नेपालगन्जबाट कोहलपुर आउँदै गरेको म्याजिक गाडीमा पनि ती महिला कचौरा थाप्दै पुग्छिन् र भन्छिन्, ‘दाइ, दिदी पैसा दिनू न पैसा।’
यो त प्रतिनिधि उदाहरण मात्र हो। नेपालगन्जमा मगन्तेहरूले हैरानी दिने गरेका छन्। महिला र बालबालिका बढी यसमा प्रयोग भएका देखिन्छन्। मगन्तेहरूले पैसा मागेर हैरानी दिने गरेको नेपालगन्जबाट कोहलपुर आउँदै गरेका दिनेश थारुले बताए।
मगन्तेले सर्वसाधारणलाई हैरानी बनाउने गरेको स्थानीयको गुनासो छ। सडक मानवमुक्त देश घोषणा भए पनि यत्रतत्र रूपमा मगन्तेले माग्ने गरेको दृश्यले उक्त घोषणालाई चुनौती दिएको छ।
यो त प्रतिनिधि उदाहरण मात्र हो। नेपालगन्जमा मगन्तेहरूले हैरानी दिने गरेका छन्। महिला र बालबालिका बढी यसमा प्रयोग भएका देखिन्छन्। मगन्तेहरूले पैसा मागेर हैरानी दिने गरेको नेपालगन्जबाट कोहलपुर आउँदै गरेका दिनेश थारुले बताए।
‘नेपालगन्जका चोकचोकमा हिँड्नै सकिँदैन, मगन्तेले समाइहाल्छन्,’ जानकीबाट नेपालगन्ज आएका मोहम्मद अलि शेषले भने, ‘पैसा दिऊँ भने दैनिक ती सबैलाई दिन सकिँदैन, नदिऊँ भने हैरान पार्छन्।’
प्रकाशित: २९ असार २०८० ०५:१४ शुक्रबार