२० आश्विन २०८१ आइतबार
image/svg+xml

नवौँ राष्ट्रिय महिला फुटबलमा सशस्त्र र गण्डकी विजयी

दोस्रो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३–० गोलले पराजित गरेको छ। गण्डकी प्रदेशका लागि प्रतियोगिताको ३३औँ मिनेटमा शान्ता नेपालीले पहिलो गोल गर्दै अग्रता दिलाएकी हुन्। उदया थापाले दुई गोल गरिन्।

सशस्त्र प्रहरी असई हत्याः तीन सदस्यीय छानवीन समिति गठन

अनुसन्धानका लागि नेपाल प्रहरीलाई सहयोग गर्न र सप्तरीमा के कसरी कमजोरी भएको हो भन्ने बारेमा छानवीन गर्न सो समिति गठन गरेको सशस्त्र मूख्यालयले जानकारी दिएको छ। असई सत्यनारायण यादवको हत्यापछि उनको शव भारतीय भूमिमा फालिएको थियो।

सहकर्मीबाट सशस्त्रका असईको हत्या

सशस्त्र प्रहरी बल सप्तरीमा कार्यरत एक प्रहरी सहायक निरीक्षकको हत्यामा सशस्त्र प्रहरीकै संलग्नता भेटिएको छ।

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ।

दशैँको मौका छोपेर भारतबाट सामान तस्करी

सिमा सुरक्षामा खटिने सशस्त्र प्रहरी नै अवैध धन्दामा लाग्दा राज्यलाई कराडौं राजश्व नोक्सानी भइरहेको स्थानीय बताउँछन्। ‘यो नाकामा दिउँसो नै तस्करीका सामान खुलेआम रुपले भित्रिन्छ, रातको समयमा त झन् के हुन्छ होला तपाई आफैं कल्पना गर्नुस्,’ नाम नछाप्ने शर्तमा शिवपुरीकी एक महिलाले भनिन्। दशैँको मौका छोपेर यहाँबाट तस्करी झनै बढेको छ।

गृहसचिव सिंहले दिए सशस्त्र प्रहरी कर्मचारीलाई यस्तो निर्देशन

गृहसचिव सिंहले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट र भर्चुअल माध्यममार्फत बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारबाही र संगठनका समस्या र चूनौतीहरुका बारेमा जानकारी लिए।

सशस्त्र प्रहरीका व्यारकेमा अब विद्युतीय चुलो

प्राधिकरण र सशस्त्र प्रहरीबलबीच विद्युतीय चुलो प्रयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा आज आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलका तर्फबाट महानिरीक्षक राजु अर्याल र प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

हतियारसहित दुई जना पक्राउ

‘हतियारसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा बुझाएका छौं,’ एसपी लामिछानेले भने, ‘प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु हतियार कारोबारी हुन सक्छन्।’

सालको काठसहित एक जना पक्राउ

‘हामीलाई घर घरमा लुकाइ रहेको काठ बारे सुराकी आयौ, हामीले सशस्त्र प्रहरीसँग समन्वय गरी छापा हान्ने काम जारी राखेका छौं’ उनले भने। मोतिपुर डाँडा क्षेत्रका विभिन्न घरहरुमा ठूलो मात्रामा अवैध काठ लुकाइ रहेको भन्ने खबर आएको सहायक वन अधिकृत स्यान्डील्यले बताए। छापा हान्ने काम अझै जारी छ।

एसपी जोगाउन हवल्दारलाई जेल

सशस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ।

निर्वाचन सुरक्षा योजना पेस गर्न निर्देशन

सरकारले संघीय संसद्को निर्वाचनका लागि सुरक्षा योजना बनाएर पेस गर्न तीनवटा सुरक्षा निकायलाई निर्देशन दिएको छ। गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई सुरक्षा योजना बनाएर पेस गर्न निर्देशन दिएको छ।

टेन्ट र छाप्रामा बसेका प्रहरीलाई हतियार जोगाउनै मुस्किल

भारतसँग सीमा जोडिएका कञ्चनपुरका २० वटा स्थानमा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बिओपी)मध्ये छबाहेक अन्यमा भौतिक संरचनाको अभाव रहेको छ।

सुरक्षा अंगमा बालुवाटारको छाया

गृह मन्त्रालयमातहतका तीनवटा सुरक्षा अंगमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार हाबी भएको छ।

सशस्त्र प्रहरीकै मिलेमतोमा सर्लाहीमा व्यापक तस्करी

सीमामा रहेका सशस्त्र प्रहरी बलको आउट पोस्टहरुको मिलेमतो र सर्लाही सशस्त्र प्रहरी बल प्रमुखको संलग्नतामा दैनिक लाखौँको तस्करी भइरहेको छ। सशस्त्र प्रहरीकै संलग्नतामा दैनिक लाखौको तस्करी भइरहेको सूचनाको आधारमा सशस्त्र प्रहरी बलले नै एक रातमा लाखौँको सामान बरामद गरेपछि पुष्टि भएको छ।

कर्मचारीको सरुवा बढुवामा आउने दबाव अन्त्य गर्छु: अर्याल

नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आसन्न स्थानीय तहको निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण, मर्यादित तथा विश्वसनीय ढंगले सम्पन्न गर्न सशस्त्र प्रहरी बलले काम सुरु गरिसकेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्