६ आश्विन २०८१ आइतबार
image/svg+xml

आवश्यकताले नभई दयाका आधारमा बजेट विनियोजन भएको छ: मन्त्री गहतराज

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मन्त्रालयको कार्य जिम्मेवारी, खेलकुदको विकास र विस्तार तथा जनसङ्ख्याका तुलनामा मन्त्रालयका लागि विनियोजित बजेट अत्यन्त न्यून भएको भनी गुनासो गरेका छन्।

अर्थतन्त्रका अशुभ संकेत

अति कम विकसित राष्ट्रबाट माथि उठ्न संघर्ष गरिरहेको हाम्रो जस्तो मुलुकलाई फजुल खर्च घटाएर पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, शुद्ध पिउने पानी जस्ता क्षेत्रमा लगानी गर्नुपर्ने खाँचो छ। विडम्बना, चालु बजेटको मध्यावधि अवस्थाले अहिलेको सरकारको गति सही बाटोतर्फ लागेको देखिँदैन।

कर्णाली प्रदेशसभामा तीन अध्यादेश पेश

कर्णाली प्रदेशसभाको नवौ अधिवेशनको पहिलो बैठकमा तीन अध्यादेश पेश तथा दुई विधेयकको फिर्ता प्रस्ताव गरिएको छ।

मुक्त हलियाका घर निर्माण गर्न बजेटको व्यवस्था

शुक्लाफाटाँ नगरपालिकाले मुक्त हलियाका घर निर्माणका लागि ५० लाख बजेट विनियोजन गरेको छ। नगरपालिकाको कार्यपालिकाको बैठकले मुक्त हलियाका २५ परिवारका घर निर्माणका लागि बजेटको व्यवस्था गरेको हो।

मल किन्न १२ अर्ब पुगेन

अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य व्यापक बढेपछि चालु आर्थिक वर्षमा मल खरिदका लागि सरकारले विनियोजन गरेको १५ अर्ब रुपैयाँ बजेटले नपुगेको हो।

बजेट कार्यान्वयनको गति बढाउन पहल

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको गति बढाउन पहल शुरु गरेको छ। बजेट कार्यान्वयनको वर्तमान अवस्था बुझ्दै त्यसको गति बढाउन गण्डकी प्रदेश सरकारको अर्थ मन्त्रालयले पहल शुरु गरेको हो।

बजेटलाई उत्पादनशील क्षेत्रमा लगानी गरौंः बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेटलाई उत्पादनशील क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका छन्। उत्पादनशील क्षेत्रमा लगानी गर्न नसकिए हामीले भनेको सुखी र समृद्धिको परिकल्पना गर्न नसकिने ठोकुवा गरे।

पुँजीगत खर्च बढाउन दुई सिफ्टमा निर्माणको काम

बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायहरूसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आइतबार राष्ट्रिय योजना आयोगसँग छलफल गरेको छ।

डन्डीमा लगाइएको ३० प्रतिशत अन्तशुल्क हटाउन उद्योगीहरुसंग अर्थमन्त्रीको प्रस्ताव

उनले डन्डी अन्य मुलुकबाटै ल्याएर बेच्न आग्रह गर्दै राज्यसचिवसँग छलफल गरेर उद्योगीहरुले विद्युतको खपथ, भ्याल्यूएशन, श्रमीकहरुको अवस्थाको बारेमा रिपोर्ट तत्काल तयार गर्न निर्देशन दिए। अर्थमन्त्री शर्माले आन्तरिक उत्पादनलाई प्रोत्साहन दिने गरी प्रतिस्थापन विधेयक ल्याएको बताए।

लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्बको बजेट

आर्थिक वर्ष ०७७/०७८ का लागि प्रदेशसभामा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले अघिल्लो सरकारले ल्याएको बजेट बराबरकै बजेट घोषणा गरेका हुन्।

लुम्बिनी प्रदेशको बजेट भोलि

प्रतिस्थापन विधेयकमार्फत लुम्बिनी प्रदेश सरकारले बुधबार नयाँ बजेट ल्याउने भएको छ। बुधबार बस्ने लुम्बिनी प्रदेशसभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बजेट पेश गर्नेछन्।

दुई विज्ञप्तिले गरुडाको नगरसभाबारे अन्यौल

गत असारको पूर्वार्द्धमै हुनुपर्ने नगर परिषद हुन नसक्दा शिक्षक कर्मचारीको तलबदेखि विकास निर्माणका कार्यहरु पनि अन्यौलमा रहेको समयमा असोज १७ मा तोकिएको नगर परिषद् सभा दुई फरक फरक विज्ञप्तिले अन्यौल थपिएको छ।

राष्ट्रियसभाबाट बजेट सम्बन्धित दुई विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ।

नौ दिनपछि बजेट खर्च गर्ने बाटो खुल्यो

विनियोजन विधेयक पास भएर बिहीबार प्रमाणीकरण भएकाले शुक्रबारबाट खर्च गर्ने बाटो खुलेको हो।

बजेट पारित गरेपछि संसद् के हुन्छ ?

संसद्मा प्रतिपक्षी एमालेले अवरोध गर्दै आएकाले संसद्मा होहल्लाबीच बजेट पारित गर्ने तयारी छ। एमालेले प्रतिनिधिसभामा नाराबाजी गर्ने र राष्ट्रियसभामा उठेर विरोध गर्ने रणनीति लिएको छ। जस अनुरूप बिहीबार पनि एमालेले सोही क्रियाकलाप अपनाउने एमालेका एक नेताले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्