८ वैशाख २०८१ शनिबार
समाज

दुई विज्ञप्तिले गरुडाको नगरसभाबारे अन्यौल

रौतहटको गरुडा नगरपालिकाको बजेट अधिवेशन अझै हुन सकेको छैन। गत असारको पूर्वार्द्धमै हुनुपर्ने नगर परिषद हुन नसक्दा शिक्षक कर्मचारीको तलबदेखि विकास निर्माणका कार्यहरु पनि अन्यौलमा रहेको समयमा असोज १७ मा तोकिएको नगर परिषद् सभा दुई फरक फरक विज्ञप्तिले अन्यौल थपिएको छ।

नगर प्रमुख इन्नु राय यादव र उपप्रमुख रंगीलादेवी जयसवालबीच मतभिन्नता रहेको कारण नगर सभा समयमा हुन नसकेको हो। यसैबीच असोज १७ मा नगरसभा हुने सूचना प्रवाहित भइसकेको अवस्थामा शुक्रबारको मितिमा एकै दिन दुई थरिको विज्ञप्ति आएपछि अन्यौल बढेको हो।

नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमको हस्ताक्षरमा निकालिएको विज्ञप्तिमा नगरसभा संचालनका लागि हुनुपर्ने विभिन्न बैठक लगायतका निर्णयहरु हुन नसकेको र अन्य आवश्यक तयारीहरु पनि बाँकी रहेकोले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागि नगर सभा स्थगित गरिएको भनिएको छ।

नगर प्रमुख इन्नु राय यादवको हस्ताक्षरमा प्रकाशित सूचनामा निमित्त प्रमुख प्रशासकीय अधिकृत आलमले निकालेको सूचना अवैधानिक रहेको बताइएको छ। बिना निर्णय, आदेश र बिना चलानीको सूचना रहेकोले अवैधानिक रहेको बताउँदै स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १९ को (२) बमोजिम नगर सभासम्बन्धी सम्पूर्ण अधिकार नगर प्रमुखमा निहित रहेको हुँदा पूर्वसूचनाअनुसार नै स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १९ को ४ बमोजिम हुने जनाइएको छ।

प्रकाशित: १६ आश्विन २०७८ ०७:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App