६ आश्विन २०८१ आइतबार
image/svg+xml

एमसिसी कता गयोः नारायणकाजी श्रेष्ठ

माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले विकासको लागि भ्रष्टाचार नियन्त्रण र सुशासन भएकाले बजेट कार्यान्वयन गर्न यसतर्फ ध्यान दिनुपर्ने बताए।

ठूला नेता कोही वडामै कोही पालिकामा पराजित

गोरखाका शीर्ष नेताहरु कोही वडामै कोही पालिकामा पराजित भएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो गृह नगर जोगाउन सकेनन्।

बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र एकनाथ ढकालले गरे मतदान

जनता समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मतदान गरेका छन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका ८ जौवारी स्थित परोपकार आदर्श माध्यामिक विद्यालयबाट मतदान गरेका हुन्।

शाख जोगाउन शीर्ष नेता गृहगाउँ केन्द्रित घरदैलो

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन ठूला दलका शीर्ष नेताहरु गृहगाउँ केन्द्रीय घरदैलोमा सक्रिय छन्।

सङ्घीयता र लोकतन्त्र रक्षाका निम्ति गठबन्धन गरियोः नारायणकाजी

नेपाली जनताले रगत पसिना बगाएर प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्न गठबन्धन बनेको उनको भनाइ थियो।

बैठकमा एमसीसीविरुद्ध लिखित असहमति राख्दै श्रेष्ठ पक्ष

गत पुसमा सम्पन्न माओवादी केन्द्रको महाधिवेशनले यथास्थितिमा एमसीसी पारित गरेर जान नसकिने निर्णय गरेको थियो। तर एमसिसी सदनबाट माओवादी केन्द्रकै कारण पारित भएको भन्दै नारायणकाजी श्रेष्ठ पक्षीय नेताहरूले तत्काल केन्द्रीय समितिबाट राजीनामा दिएर अलग ढंगले संघर्षमा जानुपर्ने आवाज उठाउन थालेका छन्।

अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ।

‘मुलुकलाई बेहालबाट जोगाउन आत्मसमीक्षा गरौं’

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिगमन ल्याउने प्रमुख पात्र प्रधानमन्त्री केपी ओली भए पनि यो मुलुकको दुरावस्थाका निम्ती अन्य दलहरू पनि जिम्मेवार भएको बताएका छन्।

प्रतिनिधि सभा विघटनको जिम्मेवार ओली मात्रै होईनन्: नारायणकाजी श्रेष्ठ

मुलुकको दुरावस्थाको निम्ति ओली मात्रै जिम्मेवार नभई सबै राजनीतिक पार्टीहरु र नेताहरु तथा यस अघि सरकार चलाउनेहरु पनि भएको उनले जिकिर गरे। यस विषयमा आत्मसमिक्षा गरेर आफुलाई सुधार्दै जानुपर्ने उनले बताए।

भारतले नेपाली जनतासँग सार्वजनिकरूपमा क्षमा माग्नुपर्छ: नारायणकाजी श्रेष्ठ

बुधबार राष्ट्रिय सभा बैठकको बिशेष समयमा बोल्दै सांसद श्रेष्ठले अहिलेसम्मको प्रमाणको आधारमा दार्चुलाका जयसिहं धामी बेपत्ता प्रकरणमा भारतीय एसएसबीहरुको संलग्नता रहेको उल्लेख गर्दै यस घटनाको निम्ति भारत सरकारले नेपाली जनतासँग सार्वजनिक रुपमा क्षमा याचना गर्नुपर्ने बताएका हुन्।

प्रतिगमन परास्त गर्न अझै सकिएको छैन: श्रेष्ठ

अतिक्रमित भूभाग, इपिजीको प्रतिवेदन वार्ताको विषय नबन्ने तथा एकपछि अर्को गरेर आन्तरिक मामिलामा भएको हस्तक्षेपको प्रतिवाद नगरेर विदेशी हस्तक्षेप स्वीकार गर्ने मात्र होइन, आमन्त्रण गरेर राष्ट्रिय स्वाधीनतालाई गम्भीर संकटमा पुर्‍याउनु भएको छ, यो क्षम्य छैन।

‘सरकारलाई समर्थन छैन’

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर प्रतिगमनविरुद्ध लागेका शक्तिहरू मिलेर नयाँ सरकार बनाउने विषयमा छलफल भइरहेको बताएका छन्।

एमाले र माओवादी ब्यूँताउने सर्वोच्चको फैसला संविधान र कानूनविरुद्ध छ : नारायणकाजी श्रेष्ठ

प्रचण्ड-नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलाप्रति आफूहरुको गम्भीर असहमति रहेको बताएका छन्। आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत नेता श्रेष्ठले तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताउनेगरी सर्वोच्चले गरेको फैसला संविधान तथा कानूनविरुद्ध रहेको बताएका छन्।

केपी ओली फासिस्ट हुन्, चुनाव गराउनका लागि घोषणा गरिएकाे होइन : नारायणकाजी श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली ‘फासीवादी’ भएको आरोप लगाएका छन्।

आयोगले हाम्रो पार्टी नै आधिकारिक भनेर फैसला गर्नेमा कुनै द्विविधा छैन : नारायणकाजी श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगबाट आफूहरुको पार्टीलाई आधिकारिकता मिल्ने दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्