७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रतिनिधि सभा विघटनको जिम्मेवार ओली मात्रै होईनन्: नारायणकाजी श्रेष्ठ

फाइल तस्बिर

राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा विघटनको प्रमुख नायक पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भएपनि यसको निम्ति विगतदेखिको प्रवृति जिम्मेवार रहेको बताएका छन्।  

मुलुकको दुरावस्थाको निम्ति ओली मात्रै जिम्मेवार नभई सबै राजनीतिक पार्टीहरु र नेताहरु तथा यस अघि सरकार चलाउनेहरु पनि भएको उनले जिकिर गरे। यस विषयमा आत्मसमिक्षा गरेर आफुलाई सुधार्दै जानुपर्ने उनले बताए।  

उनले भने, ‘प्रतिनिधि सभालाई विघटन गरेर प्रतिगामी कदम चाल्ने प्रमुख पात्र र नायकत्व पूर्व प्रधानमन्त्री तत्कालीन सरकारका प्रमुख माननीय केपी शर्मा ओलीले नै गर्नुभएको थियो। त्यो कुरा सत्य हो। तर यो कुरा पनि हामीले आत्मसात् गर्नु जरुरी छ। यो मुलुकको दुरावस्थाका निम्ति,यो मुलुकको बेहालका निम्ति त्यो प्रवृतिका बाहक उहाँमात्रै जिम्मेवार हुनुहुन्थेन।  

सबै राजनीतिक पार्टीहरु, नेताहरु, यो भन्दा अगाडी विभिन्न ढंगले सरकार चलाउने सरकारहरु पनि एक वा अर्को रुपमा, एउटा वा अर्को हदसम्म जिम्मेवार थिए। आज हामीले त्यो कुरापनि गम्भिर आत्मसमिक्षा गर्नुपर्छ। निर्मम आत्मसमिक्षा गर्नुपर्छ र आफुलाई सच्याउन हामी तयार हुनुपर्छ।’

प्रकाशित: २० श्रावण २०७८ १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App