१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘सरकारलाई समर्थन छैन’

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर प्रतिगमनविरुद्ध लागेका शक्तिहरू मिलेर नयाँ सरकार बनाउने विषयमा छलफल भइरहेको बताएका छन्। पार्टी स्थायी कमिटीको मंगलबार बसेको बैठकपछि श्रेष्ठले नयाँ सरकार गठनबारे छिट्टै निर्णय गरिने बताए।  

‘ओली नेतृत्वको प्रतिगामी सरकारलाई हटाएर संविधान र लोकतन्त्र रक्षा गर्ने सरकार बनाउने सन्दर्भमा भइरहेका वार्तालाई थप तीव्रता दिने र ठोस निर्णय लिने निष्कर्षमा पार्टी पुगेको छ,’ श्रेष्ठले भने। उनका अनुसार सरकारलाई माओवादीको समर्थन छैन, लिखित रूपमा मात्र समर्थन फिर्ता लिन बाँकी छ। ‘समर्थन छैन भन्ने कुरा म फेरि पनि दोहोर्‍याउन चाहन्छु, लिखित रूपमा समर्थन छैन भन्न मात्र बाँकी हो,’ उनले भने।  

स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार गठनका विषयमा दलहरूसँग छलफल जारी रहेको र छिट्टै टुंगोमा पुग्ने जानकारी गराएका थिए। नयाँ सरकार गठन र ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता पनि बैठकको अजेन्डा बनाएको माओवादी पुर्नस्थापित प्रतिनिधिसभाले बाँकी कार्यकाल पूरा गर्न पाओेस् भन्ने पक्षमा छ। बैठकले सरकारले हठात प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेको भन्दै भत्र्सना गरेको छ। प्रतिनिधिसभा बैठकको अर्को मिति निर्धारण भइसकेको अवस्थामा हठात अधिवेशन अन्त्य गर्नु अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी कदम भएको प्रवक्ता श्रेष्ठले बताए। 

प्रकाशित: ८ वैशाख २०७८ ०१:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App