८ आश्विन २०८१ मंगलबार
image/svg+xml

पार्क भलिबलको उपाधि स्प्रिगडेल स्कुललाई

भक्तपुर योग सर्कलको ३६ औं स्थापना दिवसको अवसरमा आयोजित भक्तपुर जिल्लाव्यापी पुरुष पार्क भलिबलको उपाधि स्प्रिगडेल ईगलिस बोर्डिग स्कूलले हात पारेको छ।

सृजना कप भलिबलमा शान्ता माविलाई दोहोरो उपाधि

तेश्रो सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिवल प्रतियोगितामा शान्ता माविले दोहोरो उपाधि जितेको छ।

आर्मीले चुम्यो इलाम भलिबलको उपाधि

विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले दोस्रो इलाम आमन्त्रित खुला लिग कम नकआउट पुरुष भलिबलको उपाधि चुमेको छ। आइतबारको फाइनलमा र झापाको विमान ट्रेडर्स क्लबलाई पाखा लगाउँदै आर्मीले उपाधिमा कब्जा जमाएको हो।

सिर्जना कप छात्र–छात्रा भलिबल प्रतियोगिता आगामि साता

पोखरामा चैतको दोश्रो साता सिर्जना कप सामुदायिक मावि छात्र–छात्रा भलिवल प्रतियोगिता हुने भएको छ ।

अन्तर सुरक्षाटिम मैत्रीपूर्ण भलिबलको उपाधि भीमकालीलाई

महाशिवरात्री तथा सेना दिवसको अवसरमा ताप्लेजुङको फुङ्लिङस्थित भीमकाली गुल्मले आयोजना गरेको अन्तर सुरक्षा टिम भलिबल प्रतियोगिताको उपाधि आयोजक टिमले रक्षा गरेको छ।

एपिएफलाई पिएम कप भलिबल

साबिक विजेता नेपाल पुलिस क्लबको चुनौतीलाई समाप्त पार्दै एपिएफले नेपालगन्जमा सम्पन्न सातौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधि जितेको छ। नेपालगन्ज कभर्डहलमा सम्पन्न खेलमा एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो।

सातौं प्रधानमन्त्री कप महिला भलिबल: दुई पुलिसबीच उपाधि भिडन्त

नेपालगन्ज रंगशालाको कभर्डहलमा सोमबार एपिएफले होङ्गान्जी न्यु डायमन्ड एकेडेमी र पुलिसले त्रिभुवन आर्मीलाई हराएपछि पाँच टोली सम्मिलित लिगको शीर्ष दुईमा रहँदै उपाधि भिडन्त तय गरेका हुन्। मंगलबार हुने लिगका दुई खेलमा एपिएफ र पुलिस तथा न्यु डायमन्ड र लुम्बिनी भिड्नेछन्।

प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल: एपिएफ र न्यु डायमन्ड विजयी

नेपालगन्ज रंगशालाको कभर्ड हलमा आइतबार एपिएफले लुम्बिनी युनाइटेडलाई हराउँदै दोस्रो जित निकाल्दा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई स्तब्ध बनाउँदै पहिलो सफलता निकालेको हो। बलियो टोली एपिएफले लुम्बिनीलाई २५–८, २५–१२ र २५–८ को सोझो सेटमा पराजित गरेको थियो।

प्रधानमन्त्री कप महिला भलिबल: पुलिससामु लुम्बिनी निरीह

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा साबिकको विजेता नेपाल पुलिस क्लबले जित लयलाई निरन्तरता दिएको छ। शनिबार भएको दिनको दोस्रो खेलमा पुलिसले लुम्बिनी युनाइटेड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल: पुलिस र त्रिभुवन आर्मी क्लबको विजयी सुरुवात

‘सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल’ प्रतियोगिताको उद्घाटन खेलमा पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन् । पहिलो खेलमा र होगाजी न्यू डायमण्डलाई हराउँदै पुलिस क्लब विजयी भयो । यस्तै दोस्रो खेलमा लुम्बिनी युनाइटेडलाई हराउँदै त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको हो । निकै प्रतिस्पर्धात्मक पहिलो खेलमा पुलिस क्लब २५–१९, २५–१९ र १५–८ सेटले विजयी भयो ।

सातौं प्रधानमन्त्री महिला भलिबल प्रतियोगिताको तयारी पूरा

‘सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल’ प्रतियोगिता शुक्रबारबाट नेपालगन्जमा सुरु हुँदैछ । बाँके जिल्ला भलिबल संघको आयोजनामा नेपालगन्ज रंगशालास्थित कर्भड हलभित्र हुन लागेको उक्त प्रतियोगितामा तीन विभागियसहित कुल पाँच वटा टिम सहभागी हुँदैछन् । प्रतियोगितामा सहभागी हुन पाँचवटै टिमका खेलाडी बिहीबार नेपालगन्ज पुगिसकेको प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मुख्यमन्त्री कप भलिबल : म्याग्दी र तनहुँलाई उपाधि

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि म्याग्दी जिल्लाले उचालेको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुण शाहीको कप्तानीमा रहेको म्याग्दी जिल्लाले छिमेकी जिल्ला पर्वतलाई सोझो सेटमा पराजित गर्दै पहिलो संस्करणको मुख्यमन्त्री कपको उपाधि उचाल्यो।

मुख्यमन्त्री कपमा सेमीफाईनल समीकरण पुरा

कास्की जिल्ला भलिबल संघको आयोजनामा बिहीबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको सेमीफाईनल समीकरण पुरा भएको हो ।

मुख्यमन्त्री कपमा पर्वत र म्याग्दी क्वार्टर फाईनलमा

दोहोरो जितसँगै म्याग्दी पोखरामा आयोजित मुख्यमन्त्रीकपको क्वार्टर फाईनलमा प्रवेश गरेको छ ।

सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबलको तयारी सुरु

सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगिताको तयारी सुरु गरिएको छ। उक्त प्रतियोगिता यही फागुन २१ देखि २५ गतेसम्म हुन लागेको हो। प्रतियोगिता विगतका वर्षझै यसवर्ष पनि नेपालगन्जको रंगशालास्थित कभर्ड हलमा हुनेछ। आयोजकले मंगलबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको मिति घोषणा गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्