१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबलको तयारी सुरु

सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगिताको तयारी सुरु गरिएको छ। उक्त प्रतियोगिता यही फागुन २१ देखि २५ गतेसम्म हुन लागेको हो। प्रतियोगिता विगतका वर्षझै यसवर्ष पनि नेपालगन्जको रंगशालास्थित कभर्ड हलमा हुनेछ। आयोजकले मंगलबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको मिति घोषणा गरेको हो।  

प्रतियोगिता मुल आयोजक समिति संयोजक एवम् लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी र बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले मिति घोषणा गरे। सो क्रममा बोल्दै संयोजक केसीले विगतको भन्दा प्रतियोगितालाई भब्य र सभ्य बनाउने दाबी गरिन्।  

‘विगतको भन्दा यसवर्ष प्रतियोगिता भब्य र सभ्य रुपले सम्पन्न हुन्छ,’ उनले भनिन्। यसवर्ष प्रतियोगिताको पुरस्कार राशीसमेत वृद्धि गरिने संयोजक केसीको भनाइ छ। पत्रकार सम्मेलनमा बाँकेका विभिन्न स्थानीय तहका उपप्रमुखहरुको उपस्थिती रहेको थियो।

प्रकाशित: ५ फाल्गुन २०७७ ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App