६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

पार्क भलिबलको उपाधि स्प्रिगडेल स्कुललाई

भक्तपुर योग सर्कलको ३६ औं स्थापना दिवसको अवसरमा आयोजित भक्तपुर जिल्लाव्यापी पुरुष पार्क भलिबलको उपाधि स्प्रिगडेल ईगलिस बोर्डिग स्कूलले हात पारेको छ। “कला, खेलकूद र मित्रता – युवा जगतको आवश्यकता” नाराका साथ २०४१ सालमा स्थापित सर्कलको आयोजनामा भएको उक्त प्रतियोगिताका विजयीहरुलाई भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण रायले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।

फाइनल खेलमा स्प्रिगडेल बो.ई.स्कूलले ५ वडा खेलकूद समितिलाई २५–१८, २२–२५, १५–१२ को सेटमा पराजित गरी उपाधि चुमेको हो। तेश्रो उपाधिको लागि भएको खेलमा भक्तपुर योग सर्कल (क) ले भक्तपुर योग सर्कल (ख) लाई ३१–३३, २५–१५, १५–१३ सेटमा पराजित गरी तेश्रो स्थान सुरक्षित गरे। विजयी प्रथम, दोश्रो, तेश्रो तथा सान्त्वना टिमहरुलाई प्रमुख अतिथि रायले शिल्ड, मेडल र प्रमाण–पत्र वितरण गरियो। प्रतियोगिताकै उत्कृष्ट खेलाडी स्प्र्रिगडेल स्कूलका शक्ति पुनमगर घोषित भए।

यसअघि भएको सेमिफाईनल खेलमा ५ वडा खेलकूद समितिले भक्तपुर योग सर्कल (ख) लाई २५–२२, २५–१८ र स्पिगडेल बो.ई.स्कूलले भक्तपुर योग सर्कल (क) लाई २५–१४, २५–१३ को सोझो सेटमा पराजित गरि फाईनलमा प्रवेश गरेका थिए।

प्रकाशित: १५ चैत्र २०७७ १०:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App