६ वैशाख २०८१ बिहीबार
खेल

मुख्यमन्त्री कपमा सेमीफाईनल समीकरण पुरा

बाग्लुङसँगको प्रतिस्पर्धामा स्पाईकर गर्ने प्रयासमा कास्कीकी ममता डगौरा । तस्बिर उमेश पुन÷नागरिक

मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ म्याग्दीले तनहुँ र पर्वतले कास्कीसँग फाईनल प्रवेश गर्नको लागि प्रतिस्पर्धा गर्ने भएका छन् । पुरुष तर्फ भने स्याङजाले पर्वतसँग र तनहुँले म्याग्दीसँग फाईनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछ । कास्की जिल्ला भलिबल संघको आयोजनामा बिहीबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको सेमीफाईनल समीकरण पुरा भएको हो । महिला तर्फ म्याग्दीले स्याङजामाथि २५–५, २८–२६ को सेटमा पराजित गर्दै सेमीफाईनल प्रवेश गरेको हो । त्यसैगरी तनहँुले पनि हिमालपारीको जिल्ला मुस्ताङलाई सोझो सेटमा पराजित गर्ने क्रममा २५–८, २५–९ को नजिता निकाल्यो ।  

पर्वतले नवलपुरमाथि पनि सोझै सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । पहिलो सेट २५–८, २५–५ को सेटमा पराजित गरेको थियो । कास्कीले बाग्लुङमाथि कठिन जित निकाल्यो । पहिलो सेट १९–२५ मा गुमाएको कास्कीले दोस्रो र तेस्रो सेट भने आफनो पक्षमा पार्दै अन्तिम चार ढुक्क बनायो । दोस्रो सेट २५–२३ मा लिएको थियो । अन्तिम सेट भने २५–१८ ले लिदैं सेमीफाईनल सुरक्षित बनाएको थियो ।  

बिहीबार भएको प्रतिस्पर्धामा स्याङजाले बाग्लुङलाई २५–२० र दोस्रो सेट २७–२५ ले पराजित गर्दै सेमीफाईनल प्रवेश गर्यो । त्यसैगरी म्याग्दीले कास्कीमाथि २५–१९, २५–१२ को सेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्यो । नवलपुरमाथि तनहुँले २५–१८, २५–२०ले पराजित गरेको थियो । पर्वतले भने वाक ओभर पाउँदै अन्तिम चारमा सुरक्षित रह्यो । गोरखाको अनुपस्थितिमा पर्वत भाग्यमानी बन्यो ।  

प्रतियोगिताको बिजेता महिला र पुरुष टोलीले समान २÷२ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेता दुबैले नगद १÷१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की जिल्ला भलिबल संघले जनाएको छ । प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद ५०÷५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई नगद ५÷५ हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’लाईसमेत नगद ५÷५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ । 

प्रकाशित: ६ फाल्गुन २०७७ १०:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App