३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

सातौं प्रधानमन्त्री कप महिला भलिबल: दुई पुलिसबीच उपाधि भिडन्त

सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल पुलिस क्लब सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

नेपालगन्ज रंगशालाको कभर्डहलमा सोमबार एपिएफले होङ्गान्जी न्यु डायमन्ड एकेडेमी र पुलिसले त्रिभुवन आर्मीलाई हराएपछि पाँच टोली सम्मिलित लिगको शीर्ष दुईमा रहँदै उपाधि भिडन्त तय गरेका हुन्। मंगलबार हुने लिगका दुई खेलमा एपिएफ र पुलिस तथा न्यु डायमन्ड र लुम्बिनी भिड्नेछन्।

एपिएफले होङ्गान्जी न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा हराउँदै शीर्ष दुईको यात्रा पक्का गरेको थियो। पहिलो सेट गुमाएको एपिएफले त्यसपछि पुनरागमन गर्दै जित निकाल्यो। पहिलो सेटमा न्यु डायमन्डले २५–२३ ले आफ्नो बनाए पनि त्यसपछिका सेट एपिएफले २५–१३, २५–१७ र २५–२२ ले जित्यो।

उक्त खेलमा एपिएफकी विनीता बुढाथोकी प्लेयर अफ दी म्याच घोषित भइन्। बाँके जिल्ला भलिबल संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत सोमबारको दोस्रो खेलमा पनि पुलिसले आर्मीलाई ३–१ ले हराउँदै तेस्रो सफलता निकाल्यो। पुलिसले पनि पहिलो सेट गुमाएर पुनरागमन गरेको थियो।

पहिलो सेट आर्मीले २५–१५ आफ्नो बनाए पनि त्यसपछि पुलिसले लगातार तीन सेटमा जित निकाल्यो। दोस्रो सेटमा पुलिसले २५–१८ ले सफलता पाएको थियो। तेस्रो सेटको अन्तिम अवस्थामा ५ अंकको अग्रता लिए पनि जोगाउन नसक्दा आर्मी पराजित हुन पुग्यो। आर्मीको २४ अंक हुँदा पुलिसको १९ अंक थियो। त्यो सेटमा पुलिसले २७–२५ को रोमाञ्चक जित निकाल्दै आर्मीमाथि दबाब बनाएको थियो। चौथो सेट पनि पुलिसले २५–२३ ले आफ्नो बनाउँदै शीर्ष दुईको यात्रा तय गर्‍यो।

प्रकाशित: २५ फाल्गुन २०७७ ०५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App