८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

आर्मीले चुम्यो इलाम भलिबलको उपाधि

विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले दोस्रो इलाम आमन्त्रित खुला लिग कम नकआउट पुरुष भलिबलको उपाधि चुमेको छ। आइतबारको फाइनलमा  र झापाको विमान ट्रेडर्स क्लबलाई पाखा लगाउँदै आर्मीले उपाधिमा कब्जा जमाएको हो।  

फाइनलमा आर्मीले विमानविरुद्ध  २५/१४, २५/१८  र १५/१२ को सेट आफ्नो पक्षमा पार्योग। विमानले २५/१७ र २५/२२ का पहिला दुई सेट जितेपनि उपविजेतामा चित्त बुझायो। राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव बटुलिसकेका मानबहादुर श्रेष्ठ, हरि अधिकारी, धनबहादुर भट्ट, हरिहजुर थापा र राजेन्द्र विष्टलगायतका खेलाडीले आर्मीको तर्फबाट प्रदर्शन गरे। जितसँगै आर्मीले नगद २ लाख रुपैयाँ पुरस्कार पाएको छ।  

भारतको राष्ट्रिय टिमका खेलाडीहरू प्रिन्स, सुगमलगायत राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव गरिसकेका अधिकतर खेलाडी रहेको विमानले उपविजेता हुँदै नगद १ लाख १ हजार रुपैयाँ हात पार्योि। गत  ४ गते सुरु प्रतियोगितामा ७ टिम सहभागी थिए।

 

प्रकाशित: ८ चैत्र २०७७ ०९:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App