४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

निष्पक्ष छानबिनमा आशंका नागरिक सडकमा

‘करोडौं पर्ने बंगला तिम्लाई कसले किन्दियो ?’ यो वाक्य शनिबार सामाजिक सञ्जालका भित्ताहरूमा भाइरल बन्यो। बिहानैदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताले यही वाक्य लेखेर भ्रष्टाचारविरुद्ध आवाज उठाइरहे।

नेतृत्व शून्यतामा नेपाल

गृह मन्त्रालयलाई मुलुकको शान्ति सुव्यवस्था कायम गर्ने निकायका रूपमा चिनिन्छ। तर, गृह मन्त्रालयमै बसेर किर्ते काम गरेको भेटिएपछि अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो कानुन कार्यान्वयनको विश्वसनीयता कति कायम रहला? विश्वसनीयता र सातलमा पुगेको छ।

रायमाझी खोज्न नयाँ जुक्ति

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई खोजी गर्न प्रहरीले अर्को जुक्ति लगाएको छ।

नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन्।

भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कारवाही गर्नुपर्छः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष तथा प्रतिनिधिसभा सांसद उपेन्द्र यादवले भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानबाट दोषी देखिएकालाई कारवाही गर्नु पर्ने बताएका छन्।

कमाउ धन्दामा लाग्दा प्रहरी खोरमा नेता

प्रहरीका अनुसार हाई प्रोफाइलका व्यक्तिहरूलाई प्रहरी खोरमा पुर्‍याइरहेको नक्कली भुटानी शरणार्थी प्रकरणको जग भने एक व्यक्तिको ‘आइडिया’मा बनेको हो। ती व्यक्ति केशव दुलाल हुन्। मोरङ घर भई हाल ललितपुर बस्ने दुलाल पनि गत चैत १२ गतेदेखि प्रहरी हिरासतमा छन्।

प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद दिंदै रविले भने: कुनै हालतमा यो सिलसिला नरोकियोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद दिंदै यो सिलसिला नरोक्न आग्रह गरेका छन्।

लिङ्देनको चेतावनीः नक्कली भुटानी शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नदिन चेतावनी दिएका छन्।

‘विषयान्तर गरी गिरोह जोगाउने प्रयास’

प्रतिनिधिसभाका केही सांसदले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई जोगाउन राजनीतिक दलका नेताहरू लागिपरेको आरोप लगाएका छन्।

रायमाझी भागे कि भगाइए ?

‘कतै न कतै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीचको भेटको नतिजाले नै टोपबहादुर रायमाझीलाई फरार बनाएको हो,’ नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल भन्छन्, ‘उनले अहिले ठुलो दलको पदाधिकारी, पूर्वउपप्रधानमन्त्री र सांसद भएको फाइदा उठाइरहेका छन्।’विपक्षीहरूले रायमाझी बालकोटस्थित एमाले अध्यक्ष ओलीनिवासमा लुकेर बसेको टिप्पणीसमेत गरिरहेका छन्।

बयान फेर्न लगाउन राजनीतिक दबाब

पक्राउ परेकाले राजनीतिक दलका नेतालाई मुछेर दिएको बयान फेर्न लगाउन राजनीतिक तहबाटै दबाब आएपछि अनुसन्धान गर्न असजिलो भएको प्रहरी स्रोतले बतायो।

टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने एमालेको निष्कर्ष

नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण: थप दुईजना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामशरण केसी र गोविन्द चौधरीलाई मंगलबार पक्राउ गरेको हो।

एफबिआईले पनि नक्कली शरणार्थी प्रकरणबारे अनुसन्धान गर्दैछः सांसद आरजु

नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अमेरिकी एजेन्सी फेडरल व्यूरो अफ ईन्भेष्टिगेशन (एफबिआई)ले पनि अनुसन्धान गरिरहेको बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्