१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कारवाही गर्नुपर्छः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष तथा प्रतिनिधिसभा सांसद उपेन्द्र यादवले भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानबाट दोषी देखिएकालाई कारवाही गर्नु पर्ने बताएका छन्। शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने काममा संलग्न जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्ने बताएका हुन्।

सरकारले यस्तो घटनाको निष्पक्ष छानबीन गर्नुपर्ने उनले बताए। देशको जिम्मेवार व्यक्तिहरु उक्त घटनामा संलग्न रहेको अवाज आएको हुनाले सरकारले पुर्वाग्ररहित रुपमा छानबीन गर्नु उनले माग गरे। ‘यस्तो घटनाको निष्पक्ष छानबिन गरेर अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि स्वच्छ बनाउनु पर्छ,’उनले भने, ‘भुटानी शरणार्थी प्रकरणले विश्वस्त्तरमा नेपालको छवि धूमिल भएको छ। अमेरिकाको नजरमा पनि नराम्रो भएको छ। यो सवाललाई सम्बोधन गर्न निष्पक्ष छानबिन हुनु जरुरी छ।’

प्रकाशित: २९ वैशाख २०८० ०५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App