१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

एफबिआईले पनि नक्कली शरणार्थी प्रकरणबारे अनुसन्धान गर्दैछः सांसद आरजु

नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अमेरिकी एजेन्सी फेडरल व्यूरो अफ ईन्भेष्टिगेशन (एफबिआई)ले पनि अनुसन्धान गरिरहेको बताएकी छिन्।  

यो प्रकरण एफबिआईले पनि हेरिरहेको उल्लेख गर्दै उनले यसमा आफ्नो कुनैपनि संलग्नता नभएको दाबी गरेकी छिन्। 'यस्तो काम भईरहॅदा म जापानमा उपचार गराईरहेकी थिए', उनले नागरिक न्यूजसॅग भनिन्, 'त्यसैले यसमा मेरो कुनै संलग्नता छैन।'

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत रहेकी आरजुले नेपाल प्रहरी र एफबिआईको अनुसन्धानले सत्यतथ्य बाहिर ल्याउने विश्वास व्यक्त गरिन्।

आरजु राणा देउवा र पूर्वगृहमन्त्री बालकृष्ण खाण पत्नी मन्जुलाई करोडौं रकम बुझाएको दाबी गरिएको अडिओ आइतबार सार्वजनिक भएको थियो।

उक्त अडियो अनुसन्धानरत नेपाल प्रहरीको टोलीसँग पुगिसकेको स्रोतले दाबी गरेको छ। सार्वजनिक अडिओमा आरजुलाई २ करोड र मन्जुलाई ६ करोड रकम बुझाएको दाबी गरिएको सुनिन्छ। अडिओमा रकम दिएको दाबी गर्ने व्यक्ति गिरोहको सदस्य रहेको स्रोतको दाबी छ। यस्तो दाबी गर्ने अहिले प्रहरी हिरासतमा रहेको बताइएको छ।

प्रकाशित: २६ वैशाख २०८० ०६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App