१२ असार २०८१ बुधबार
image/svg+xml

राजबिराजका न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि

निषेधाज्ञा जारी गरेर सप्तरीमा परीक्षण तीव्र पारिएपछि संक्रमितको संख्या बढ्दै गएको छ । आइतबार न्यायाधीश, नगरप्रहरीसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

प्रहरीको थुनुवा कक्षमा बसेकालाई कोरोना पोजेटिभ

प्रहरी कार्यालयको थुनामा एक रात बसेका एक युवामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ। इलाका प्रहरी कार्यालय इटहरीको थुनुवा कक्षमा साउन ४ गते राति बसेका विराटनगरका युवामा कोरोना पोजेटिभ पुष्टि भएको हो।

कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४५ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा स्थायी घर भएकी १७ वर्षीया किशोरीको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बाराको परवानीपुर ८ की १७ वर्षीया किशोरीको साउन ९ गते शुक्रबार गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।

१८ जना शसस्त्र प्रहरीमा कोरोना संक्रमण

पूर्वी नाका काकडभिट्टामा सुरक्षार्थ खटिएका १८ जना शसस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशिक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोभिड-१९ को संक्रमण पुष्टि भएको हो ।

कोरोना बढेपछि वीरगन्जमा अनिश्चितकालीन निषेधाज्ञा

कोरोना संक्रमितको संख्या वीरगन्जमा बढ्दै गएपछि अनिश्चितकालका लागि यहाँ निषेधाज्ञा जारी गरिएको छ । शनिवार विहान ५ बजेदेखि अर्को आदेश नभएसम्म वीरगन्ज महानगरपालिका क्षेत्रभरी लागू हुने गरी जिल्ला प्रशासन कार्यालय, पर्साले निषेधाज्ञा जारी गरेको हो ।

थप १४७ मा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा एक सय ४७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म नेपालमा १८ हजार दुई सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

भारतमा एकै दिन साढे ४५ हजार संक्रमित थपिए, कति पुग्यो कूल संख्या ?

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ४५ हजार ७२० कोरोना संक्रमित थपिएका हुन् । साथै यस अवधिमा १ हजार १२९ संक्रमितको मृत्यु भएको छ ।

पर्सामा थप १७ जनामा कोरोना संक्रमण, एकको मृत्यु

वीरगन्जको नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा पर्सामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार राति आएको जाँच रिपोर्टमा दुई जना चिकित्सक समेत कोरोनाबाट संक्रमित देखिएका छन्।

'हचुवाकै भरमा हटाइयो लकडाउन'

सरकारले मंगलबार राति एक्कासी लकडाउन खोलेको कदमलाई विज्ञहरुले हचुवाको भरमा खोलेको प्रतिक्रिया दिएका छन् ।

थप १०० जनामा कोरोना संक्रमण, २०७ डिस्चार्ज

बुधबार थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।

जहाजका यात्रुलाई ‘फेस सिल्ड’

सरकारले कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउन हटाउँदै भदौ एकदेखि आन्तरिक तथा बाह्य हवाई उडान सुरु गर्ने तयारी गर्दैछ ।

कोरोना संक्रमणबाट महोत्तरीमा एकको मृत्यु

कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण पुष्टि भएका एक जना जेष्ठ नागरिकको मंगलबार राती बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको छ।

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या छ लाख १३ हजार नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख १३ हजार ५४२ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार जानकारी दिएको छ ।

समुदायमा देखियो कोरोना संक्रमण

देशभर कोरोना संक्रमण हुनेको संख्या घट्दै गएको सरकारी तथ्यांकले देखाए पनि वीरगञ्ज भने समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेको स्वास्थ्यकर्मीको भनाइ छ।

विदेशबाट आउनेलाई पाँच दिनपछि अनिवार्य परीक्षण

अब विदेशबाट हवाइ मार्गमा नेपाल भित्रिनेहरुको लागि सरकारले पाँच दिनपछि अनिवार्य रुपमा पिसिआर परीक्षण गर्ने निर्णय गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्