१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

थप १०० जनामा कोरोना संक्रमण, २०७ डिस्चार्ज

बुधबार थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ९४  पुगेको छ ।

बुधबार कोरोना संक्रमणबाट दुई जनाको म‌ृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको  मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २०७  जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १२  हजार ६८४ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

पाँच सय भन्दा सक्रिय संक्रमित रहेका तीन जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् । त्यसैगरी शून्य संक्रमित रहेका ७ जिल्लामा भोजपुर, पाँचथर, रसुवा, धनकुटा, मनाङ, मुस्ताङ, संखुवासभा रहेका छन् ।  

प्रकाशित: ७ श्रावण २०७७ १२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App