१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

राजबिराजका न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि

सप्तरीमा सात जना संक्रमित थपिए

निषेधाज्ञा जारी गरेर सप्तरीमा परीक्षण तीव्र पारिएपछि संक्रमितको संख्या बढ्दै गएको छ । आइतबार न्यायाधीश, नगरप्रहरीसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

उच्च अदालत जनकपुरधाम, राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशको परीक्षण रिपोर्ट पोजेटिभ आएको यादवले बताए । अर्का एक जना नगर प्रहरीमा समेत संक्रमण पुष्टि भएको छ । यी दुई जना समुदायका व्यतिm बाहेक पाँच जना क्वारेन्टिनमा बसेका व्यतिmमा संक्रमण पुष्टि भएको यादवले बताए ।

संक्रमण पुष्टि भएकाहरुमा तिरहुत गाउँपालिका– २ का ३९ वर्षीय पुरुष, वडा नम्बर ३ का ३८ वर्षीय पुरुष, वडा नम्बर ४ का २६ वर्षीय पुरुष, वडा नम्बर ५ का २८ वर्षका २ जना पुरुष रहेको स्वास्थ्य प्रमुख यादवले बताए । यससँगै सप्तरीमा संक्रमितको संख्या चार सय ३४ पुगेको छ ।

समुदायमा संक्रमण फैलिएपछि राजविराज नगरपालिकामा स्थानीय प्रशासनले तीन दिनदेखि निषेधाज्ञा जारी गरेको छ । संक्रमितहरुलाई गजेन्द्रनाराण सिंह सगरमाथा अस्पतालको आइसोलेसनमा लग्ने तयारी भैरहेको स्वास्थ्य प्रमुख यादवले बताए ।

प्रकाशित: ११ श्रावण २०७७ १२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App