२८ असार २०७७ आइतबार

‘न्यायाधीश हुन क्षमता चाहिन्छ, जात–लिंग होइन ’

‘न्यायपालिका मतदान प्रणालीद्वारा स्थापित संस्था नभएको हुँदा व्यवस्थापिका, कार्यपालिका र अन्य संघसंस्थामा झैं सदस्य संख्याको आधारमा विवाद गर्ने र अस्थिरता बनाउने अंग होइन।’

लकडाउन नखुलेसम्म न्यायाधीश नियुक्ति नहुने

सर्वाेच्च अदालत र मातहत अदालतहरूमा केही संख्यामा न्यायाधीश पद खाली भए पनि सरकारले लकडाउन औपचारिक रूपमा खुला नगरेसम्म नियुक्ति नहुने भएको छ। ‘अहिले भइरहेकै न्यायाधीशले समेत काम गर्नुपर्ने अवस्था छैन, त्यसैले तत्काल नियुक्तिको औचित्य छैन,’ सर्वाेच्च अदालत उच्च स्रोतले नागरिकलाई बतायो।

सर्वोच्चकी पहिलो महिला न्यायाधीश शिलुको निधन

सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिंह ‘शिलु’को ८१ वर्षको उमेरमा निधन भएको छ। काठमाडौंको ठहिँटीमा जन्मेकी शिलु नेपालकै पहिलो महिला बरिष्ठ अधिवक्तासमेत हुन्। मुटु, मृगौलासमेत समस्या भएको कारण २१ दिनदेखि मेडिसिटी अस्पतालमा उपचाररत थिइन्।

निर्दोष कैदीबन्दी !

कुनै दिन आफू जेलमा पर्नुपरेको पीडादायी अनुभवले गर्दा सुशीला कार्कीले ‘जेलमा पर्नु भनेको मर्न गएझैं हुने रहेछ’ भन्नुको मर्म न्यायाधीशले कति बुझेका हुन्छन् भनेर अध्ययन/अनुसन्धान गर्न ढिला भइसकेको छ।

न्यायाधीश नियुक्तिको प्रतिशत

न्याय परिषद्, संसदीय सुनुवाइ, राजनीतिक प्रतिनिधित्व र संवैधानिक परिषद्लाई तत्काल खारेज गरी स्वतन्त्र न्यायपालिका बचाउन सबैको सत्प्रयास अति अपेक्षित छ।

न्यायाधीश नियुक्तिमा विभेद भएको भन्दै रिट

न्यायपरिषद्ले जिल्ला न्यायाधीश नियुक्तिको क्रममा सरकारी वकिल समूहलाई पाखा लगाई न्याय समूहलाई मात्र स्थान दिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

पूर्वप्रधानन्यायाधीशको ‘कारा’ माथि अन्तरसंवाद

पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले लेखेको उपन्यास ‘कारा’ माथि शनिबार अन्तरसंवाद कार्यक्रमको आयोजना गरिएको छ। सो कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल र पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेलले उपन्यासमाथि टिप्पणी गरेका थिए।

मुसर्रफलाई मृत्युदण्ड दिने न्यायाधीशविरुद्ध कारबाही गर्दै पाकिस्तान

दोषी ठहराइएका पूर्व सैनिक शासक एवं राष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्ड दिनुपूर्व नै उनको मृत्यु भए संसद्बाहिर ‘तीन दिनसम्म उनको शव झुण्ड्याउनु’ भन्ने तीन सदस्सीय न्यायाधीश प्यानलको नेतृत्व गरेका प्रमुख न्यायाधीशमाथि पाकिस्तान सरकारले कारबाही गर्ने भएको छ।

न्यायाधीशको अंगरक्षकको हतियार हराउँदा...

उच्च अदालतकी न्यायाधीशको सुरक्षार्थ खटिएकी महिला सुरक्षाकर्मीको हतियार लिएर उनका प्रेमी फरार बनेका छन् । जनकपुरस्थित उच्च अदालतकी न्यायाधीश शकुन्तला घिमिरेकी सुरक्षा गार्ड प्रहरी जवान रनिताकुमारी केवटको हतियार लिएर उनका प्रेमी सिवेन्द्र यादव सोमबार बेलुकादेखि फरार बनेका हुन् ।

जिल्ला न्यायाधीशमा न्याय सेवाका मात्र

न्याय परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिमा सरकारी वकिललाई पाखा लगाइएको टिप्पणी गरेका छन्। संविधानमा जेष्ठता र कार्यक्षमताको आधारमा नियुक्ति गर्ने प्रावधान भएकाले सरकारी वकील र कानुन समुहमा वरिष्ठ हुँदाहुँदै पनि एकजना नपरेकोमा टिप्पणी गरेका हुन्।

विरोधपछि रोकियो न्यायाधीश नियुक्तिको निर्णय

न्यायपरिषद्ले सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्ति सिफारिसमा पदमप्रसाद वैदिकको विकल्प खोज्ने भएको छ।

न्यायाधीश बन्न न्यायपरिषद्बाट राजीनामा

सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा न्यायपरिषद्का सदस्यले नै इच्छा देखिउँदै पदबाट राजीनामा दिएका छन्।

सातजना जिल्ला न्यायाधीश सिफारिस : सर्वोच्चमा सहमति जुटेन

न्याय परिषद्को बैठकले जिल्ला न्यायाधीशका लागि सातजना नियुक्तिका लागि नाम सिफारिस गरे पनि आन्तरिक विवादका कारण सर्वोच्च अदालतका न्यायाधीशको नाम भने सिफारिस गर्न सकेन।

सात जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस

न्याय परिषद्को आजको बैठकले रिक्त सात जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले न्यायसेवामा कार्यरत कर्मचारीबाट सात जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।

न्यायाधीश नियुक्ती प्रकृयाप्रति कानुनमन्त्री यादवकाे असहमति

उपप्रधान एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले हालै भएको न्यायाधीश नियुक्तीको प्रकृयाप्रति असहमति जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्