१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

पर्सामा थप १७ जनामा कोरोना संक्रमण, एकको मृत्यु

वीरगन्जको नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा पर्सामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार राति आएको रिपोर्टमा दुई जना चिकित्सक समेत कोरोनाबाट संक्रमित देखिएका छन्। 

त्यस्तै उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएका वीरगन्ज माइस्थान निवासी ७० वर्षीय ती पुरुषको स्यावब परीक्षण रिपोर्ट पनि पोजेटिभ पाइएको नाायणी अस्थायी कोभिड अस्पतालका इन्चार्ज डा. उदय नारायण सिंहले जनाए। मृतक वृद्धसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जानकारी दिएको छ।

एक सय २८ जनाको स्वायब नमुना परीक्षण गर्दा ४ जना महिलासहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको ल्याब प्रमुख प्याथोलोजिस्ट डाक्टर निरा पाठकले बताइन्। यसमा नारायणी अस्पतालमै कार्यरत ४७ वर्षीय चिकित्सक, र निजी अस्पतालका अर्का ६० वर्षीय चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। 

सिर्सिया सुख्खा बन्दरगाहमा काम गर्ने २९ तथा ३६ बर्षीय कर्मचारी र त्यहाँकै ट्रक चालक ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ। त्यसतै एउटा निजी अस्पतालबाट पठाइएको स्वाबमध्ये ८५ वर्षीया महिला, २६ र ६८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। साउन ६ गते कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालमा कार्यरत सफाईकर्मीका २२ र २० बर्षिया दुई छोरीमा पनि कोरोना देखिएको छ। नारायणी अस्पतालको आईसियुमा उपचारत ५० वर्षीय एक बिरामीको पनि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।  

त्यसै गरी श्रीपुर पँचगावाका ३९ बर्षिय पुरुष, कक्षा १० का छात्र रहेका वीरगन्ज–१० बस्ने १५ बर्षिय किशोर, नारायाणी अस्पतालको अर्थो वार्डमा उपचाररत वीरगन्ज–१ छपकैयाकी ३२ बर्षिया महिला, पटेर्वासुगौली गाउँपालिका–५ देवरियाका २३ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। यसमध्ये धेरै जसोमा कोरोनाको लक्षण देखिएको छ। 

उनीहरुमा ज्वरो आउने, सवसमा समस्या आउने, टाउको दुख्ने, रुघा खोकी लाग्ने, घाँटी दुख्ने जस्ता लक्षण देखिएको गण्डक कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदय नारायण सिंहले जानकारी दिए। वीरगन्जमा बेवास्ता बढेकोेले कोरोनाले जटिल रुप लिन सक्ने आंकलन गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए।

चिकित्सकहरुका अनुसार वीरगन्ज कोरोना संक्रमण धेरै निस्किएको बेला कन्ट्याक्ट ट्रेसिङ अझ बढी गर्न नसकेको कारण र केही समययता भारतबाट लुकिछिपी मानिस आउने क्रम बढेकोले संक्रमण बढेको हो। कोरोना नियन्त्रणमा खटेका चिकित्सक डा. निरज सिंहले समुदायमा कोरोना संक्रमण फैलिसकेको र अहिले जटिल किसिमको निमुनिया सहितको संक्रमित बिरामीहरु फेला परिरेहको जनाएका छन्।

प्रकाशित: ८ श्रावण २०७७ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App