१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा एकै दिन साढे ४५ हजार संक्रमित थपिए, कति पुग्यो कूल संख्या ?

भारतमा एकै दिनमा साढे ४५ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।  

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ४५ हजार ७२० कोरोना संक्रमित थपिएका हुन् । साथै यस अवधिमा १ हजार १२९ संक्रमितको मृत्यु भएको छ ।

सबै गरेर भारतमा कोरोना संक्रमितको संख्या १२ लाख ३८ हजार ६३५ पुगेको छ ।  

भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा अझै ४ लाख २६ हजार १६७ बिरामीमा कोरोना भाइरस सक्रिय अवस्थामै छ । सात लाख ८२ हजार ६०६ संक्रमित भने निको भइसकेका छन् ।  

प्रकाशित: ८ श्रावण २०७७ ०८:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App