स्टार हस्पिटलले सेयर जारी गर्दै
स्टार हस्पिटलले साधारण सेयर जारी गर्ने निर्णय गरेको छ। आइपिओ निष्कासनको प्रक्रिया अघि बढाउन हस्पिटलले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।
स्टार हस्पिटलले साधारण सेयर जारी गर्ने निर्णय गरेको छ। आइपिओ निष्कासनको प्रक्रिया अघि बढाउन हस्पिटलले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।
तीन दिनदेखि राजधानीलाई अस्तव्यस्त बनाइरहेका शिक्षक सरकारसँग सहमति गरी विद्यालय फर्किएका छन्। स्थानीय तहमातहत नबस्ने भन्दै सडक आन्दोलनमा उत्रिएको तेस्रो दिन शुक्रबार सरकार र शिक्षक महासंघबिच ६ बुँदे सहमतिसँगै उनीहरू फर्किएका हुन्।
किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ।
विभिन्न संघसंगठनले कोशी प्रदेशको राजधानी विराटनगरमा आन्दोलन गर्ने घोषणा गरेपछि विराटनगरमा दुई महिने निषेधाज्ञा जारी भएको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिवारदेखि लागु गरेको कर्फ्यु हटाउँदै थप तीन दिनका लागि निषेधाज्ञा जारी गरेको छ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।साथै नेपालमा हाल भारतको मध्यप्रदेश र आसपासका क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकाले बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्रोतका अनुसार संसद्बाट पास भएको चुच्चे नक्सा विभिन्न देशका दूतावासलाई पठाउन तत्कालीन राजनीतिक नेतृत्वले पहल नगर्दा प्रक्रिया अघि नबढेको हो। चुच्चे नक्सा समेटेर त्यतिबेला माध्यमिक तहका लागि छापिएको पुस्तक पनि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयको दबाबमा वितरण गर्न रोकिएको थियो ।
श्रीकृष्ण जन्मअष्टमीको दिन लाग्ने पुजामा सहभागि हुन गएका दलित समुदायका युवती माथि विभेद गरिएको छ। पुजारीले हातमा लिएको थाली समेत बाहिर फालिदिएर टिका लगाउन अस्वीकार गरेको पीडित युवतीले गुनासो गरेका छन्।
नेपाली महिलाको महान् चाड हरितालिका तिज नजिकिँदै गर्दा पश्चिम नेपालका बुटवल, नेपालगन्ज, धनगढी, घोराही, तुलसीपुर लगायतका क्षेत्रमा भड्किला तिज विशेष कार्यक्रम भइरहेका छन्।दिदीबहिनीहरूले केही रुपैयाँ संकलन गर्ने र भड्किलो तरिकाले दर खाने कार्यक्रम गर्दै आएका छन्।यो खालको संस्कृतिले एकातर्फ खर्चमा बढवा दिएको छ भने अर्कोतिर बिस्तारै मौलिकतिजको रौनक हराउँदै गएको छ।
एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ। विहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म चल्नेछ।
नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटिएको नक्सा जारी गरेकोप्रति प्रधानमन्त्रीको चीन भ्रमणमा कुराकानी हुने बताएका छन।
सरकारलाई चालु आर्थिक वर्षको सुरुवातमै स्रोतको अभाव भएको छ। पहिलो महिनाबाटै स्रोत (पैसा) अभाव भएपछि सरकारले ऋण उठाएको छ। साउनमा २० अर्ब रूपैयाँको विकास ऋणपत्र जारी गरेको नेपाल राष्ट्र बैंकले आइतबार थप १० अर्ब रूपैयाँको ऋणपत्र जारी गरेको छ।
सर्वोच्च अदालतले कोसी प्रदेश सरकार गठनका क्रममा भएको अभ्यास संविधानविपरीत भन्दै बिहीबार अन्तरिम आदेश जारी गरेको छ। कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको भनिएको विश्वासको मत संसदीय अभ्यास र संविधानविपरीत रहेको ठहर गरेको हो।
वैदेशिक रोजगारीका लागि १८ वर्षअघि मलेसिया गएका मेचीनगर नगरपालिका-६ का गोपाल घिमिरे सम्पर्कविहीन भएपछि खोजी गरिदिन परिवारले अपिल गरेको छ।
भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ। काठमाडौंको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन्।