१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि मतदान जारी

लुम्बिनी प्रदेशको नेतृत्व चयनकालागि भोट हाल्न लाइनमा लागेका प्रतिनिधिहरु

नेकपा एमालेको लुम्बिनी प्रदेशको नेतृत्वकालागि निर्वाचन सुरु भएको छ । बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा चार दिन देखि चलेको अधिवेशनमा अहिले  बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । दिउँसो १ बजे सम्मकालागि मतदानको समय तोकिएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले बताए । सर्वसम्मतीकालागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको कडा निर्देशनका बाबजुद सहमती जुटन नसकेपछि निर्वाचन भएको हो ।  

अध्यक्षमा  राधाकृष्ण कँडेल र  हरिप्रसाद रिजालले प्यानलै बनाएर चुनावी मैदामा उत्रीएका हुन । पाल्पाका कँडेललाइ उपाध्यक्ष बिष्णु पौडेलको समर्थन छ भने प्युठानका रिजाललाइ महासचिव शंकर पोखरेलको समर्थन छ । पाल्पाका कँडेल यसअघिका प्रदेश अध्यक्ष हुन भने प्युठानका रिजाल केन्द्रिय सदस्य हुन । उदघाटन समारोहमा गुट उपगुट गर्ने छुट कसैलाइ नभएको भनेर चर्को भाषण गरेका उपाध्यक्ष पौडेल र महासचिव पोखरेल पक्षका नेताहरुले प्यानल बनाएरै चुनावी मैदानमा होमीएका हुन ।  

२०५ सदस्यीय प्रदेश कमिटीकालागि ३६४ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत  भण्डारीले जानकारी दिए । प्रदेशका १२ जिल्लाबाट चुनीएर आएका १ हजार ४ जना प्रतिनिधिले नेतृत्व चयनकालागि मतदान गरीरहेका छन ।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ,विश्वराज बराल (अनुप), बाँकेका पूजन विश्वकर्मा, र रोल्पाका शान्तकुमार वली  छन । श्रेष्ठ कँडेल प्यानलका हुन भने बराल रिजाल प्यानलका हुन । विश्वकर्मा  र वली प्यानल बाहिरबाट भनिएको छ ।  

सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध  भएका छन । रिजाल पक्षका भनिएका आचार्य दुवै समुहकै सहमतीमा निर्विरोध भएको बताइएको छ ।  

उपसचिव खुल्लामा ४ जनाको उम्मेदवारी परेको छ ।  जसमा उपेन्द्रलाल कामी रुकुम पुर्वबाट,बाँकेका दुर्गाप्रसाद थारु चौधरी,रोल्पाका पूर्ण बुढामगर र गुल्मीका हिरा एसी   छन । चौधरीले कँडेल प्यानलबाट र  बुढामगरले रिजाल प्यानलबाट उम्मेदावारी दिएका हुन । उपेन्द्रलाल कमी र हिरा एसीले प्यानलबाट बाहिरबाट दिएको भनिएको छ ।  

महिला उपसचिवमा बाँकेकी आरती पौडेल,लीला रानामगर र वसन्ती अधिकारी छन । लिला राना मगर कँडेल प्यानलबाट र बसन्ती अधिकारी रिजाल प्यानलबाट उम्मेदवार बनेका हुन । आरती पौडेलले प्यानल बाहिरबाट हुन ।  

पार्टी अध्यक्ष केपी शर्मा ओली दिएको सर्वसम्मतीको कडा निर्देशनका बाबजुद पनि नेतृत्व चयनकालािग निर्वाचन भएको हो । १६ र १७ गतेकालागि तोकीएको अधिवेशन सहमतीकै नाममा थप दुइ दिन लम्ब्याइएको हो । सोमबार राती १० बजेबाट मतदान गर्ने भनेपनि प्रशासनको आग्रहमा मंगलबार बिहान ८ बजेलाइ मतदानको समय सारीएको निर्वाचन कमिटिले जनाएको छ । आजै मतगणना गरी नतिजा सार्वजनिक गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत भण्डारीले बताएका छन्।

प्रकाशित: १९ भाद्र २०८० ०३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App