२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तीनदिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तीनदिनपछि संचालनमा आएको छ। शुक्रबारदेखि खुल्न नसकेको विमानस्थल आइतबार दिउँसो १ बजेदेखि बल्ल खुलेको हो।  

बाक्लो तुवाँलोका कारण भिजिविलिटी नपुग्दा विमानस्थलबाट उडान संचालन सकेको थिएन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी महाप्रबन्धक नविना कर्माचार्यले आइतबार दिउँसो सबा १ बजेपछि मात्र विमानस्थल खुलेको बताईन । ‘शुक्रबार र शनिबार कुनैपनि उडान हुन सकेनन। आइतबार दिउँसो सवा १ बजेमात्र विमानस्थल खुलेको छ,’ उनले भनिन, ‘दुइदिनसम्म त पूर्ण रुपमा उडान ठप्प भए।’

बाक्लो तुवाँलोले भिजिविलिटी अपुग हुँदा उडान खुल्न नसकेको उनले बताईन। उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भिजिविलिटी एकहजार मिटरसम्म झर्ने गरेको छ। पोखरामा जहाज आउन कम्तिमा ३७ सय मिटर भिजिविलिटी चाहिन्छ। पोखराबाट जहाज उड्नका लागि भने १६ सय मिटरको भिजिविलिटी भए पुग्छ।

आइतबार बिहानको भिजिविलिटी १५ सय मिटर मात्र थियो। तर, मध्यान्हपछि घट्दै गएर विमानस्थल खुलेको थियो। अहिले पोखराबाट काठमाडौं, भैरहवा, भरतपुर, नेपालगञ्ज, मुस्ताङ लगायतका गन्तव्यमा नियमित उडान हुन्छन। पोखराबाट बुद्ध, यती, श्री एयरलाइन्सले नियमित उडान गर्छन।  

प्रकाशित: १६ वैशाख २०८१ १३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App