विप्लव समूहलाई मूलधारमा ल्याउने प्रयास गरिरहेका छौं : गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले नेकपाको सरकार बनेपछि शान्ति सुरक्षामा सुधार आएको दाबी गरेका छन्। विहीबार विराटनगरमा प्रदेश १ स्तरिय सुरक्षा गोष्ठीमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री थापाले नेकपाको सरकार बनेपछि शान्ति सुरक्षाको अवस्थामा सुधार आएको दाबी गरेका हुन्।