४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पोखरालाई आज पर्यटकीय राजधानीको रूपमा घोषणा गरिँदै

पोखरा महानगरका प्रमुख धनराज आचार्यका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आथित्यतामा सुन्दर फेवातालको किनार बाराहीघाटमा आज पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम रहेको छ।

गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण बनाएको बताएका छन्।

पर्यटकीय सिजन: एकनासको छैन आगमन

पर्यटन व्यावसायीले मार्च–अप्रिललाई पर्यटकीय सिजन मान्छन्। यो समयमा विदेशी पाहुनाको आगमन उच्च हुने भन्दै पर्यटन क्षेत्रले लाभको आशा पनि गर्छ। तर, योपटक भने मुख्य सिजनमा पनि उत्तिसारो पाहुना नपाएको पर्यटन क्षेत्रको गुनासो छ। सिजनको होटल बुकिङ पनि उत्साहजनक हुन नसकेको व्यावसायी बताउँछन्। पाहुनाको आगमनमा उतारचढावको अवस्था रहेको उनीहरुको भनाई छ।

कलेजो दिएर बुबालाई बचाउने बहादुर छोरी

पोखरा महानगरपालिका– ३० पावरहाउसकी रञ्जनाले आफ्नै कलेजो दिएर बुबा वासुदेव लामिछानेलाई जीवनदान दिएकी छन्।

पोखरामा पर्यटकलाई सास्तीः चोकचोकमा झोला तान्न आउँछन्

पोखरा भित्रिने नाकामा कुरेर बस्ने र भित्रिएका पाहुना पछ्याउँदै दुख दिने व्यावसायी र व्यावसायीद्वारा परिचालित व्यक्तिलाई कास्की प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। विभिन्न सवारीमा भित्रिएका आन्तरिक तथा भारतीय पाहुनालाई पोखरा सहर भित्रिने नाकामा कुरेर बस्ने ती व्यावसायीले जर्बजस्ती आफ्नो वा आफुले चाहेको होटलमा जान दवाव दिने गरेका थिए।

पोखराको नयाँ मापदण्डः पाँचतला भन्दा अग्ला घर बनाउन पाइने, तर लिफ्ट राख्नैपर्ने

पोखरा महानगरभित्र पाँचतला वा १७ मिटर भन्दा अग्ला घर बनाउँदा लिफ्ट अनिवार्य गरिएको छ। त्यसले गर्दा अब बन्ने सबै अग्ला भवनमा लिफ्ट जडान हुनेछन्।

पोखरा भित्रिने पाहुनासँग बाटोमै मोलमोलाई

पर्यटन व्यावसायीका अनुसार पोखरा भित्रिने मूख्य नाकामा पछिल्लो समय केही युवाहरु सवारी सहित खटिने गरेका छन्। दुइ वा चारपांग्रे सवारीमा नाकामा खटिने ती युवाले नाका हुँदै भित्रिएका पाहुनाको पिछा गर्छन। गण्डकी भन्दा बहिर रजिष्टर्ड भएका सवारी कुरेर बस्ने उनीहरुले गाडीमा पाहुना देख्नासाथ पछ्याउने उनीहरुलाई जर्बजस्ती आफ्नो होटलमा लैजाने प्रयास गर्ने गरेका छन।

पोखराको भवन मापदण्डः ५ तलामाथिका घरलाई के गर्ने ?

पोखरामा मापदण्ड विपरित ५ हजार भन्दा बढी भवन बनेको अनुमान पोखरा महानगरकै छ। १० तलाको भवनमात्रै १९ वटा बनेको महानगरकै कर्मचारी बताउँछन्।

भुईँ छाड्नै लागेको जहाजमा ‘ब्रेक’ लागेपछि...

धावनमार्गमा पुगेपछि जहाजले उड्ने तयारीका साथ ‘स्पिड’ लियो। जहाजको स्पिडसँगै यात्रु पनि उड्न पाइनेमा ढुक्क थिए। तर, भुईँ छाड्ने बेला हुनै लाग्दा जहाजले एकाएक ‘ब्रेक’ लगायो।

पोखराका होटलमा सुविधा थपिए, मूल्य थपिएन

व्यावसायिक प्रतिश्पर्धा अधिक भएको तर, पाहुना आगमनमा सोचेजस्तो सुधार नहुँदा पोखराको पर्यटन क्षेत्रले आम्दानी गर्न नसकेको गुनासो यहाँका व्यावसायीले गर्ने गरेका छन्। पाहुना आगमनको उतारचढावले व्यावसायमा लाभ नपाएको उनीहरुको भनाई छ। पाहुनाको माग बढी तर, आगमन कम हुँदा प्रतिश्पर्धा बढ्दै जाँदा वर्षाै अघिदेखिकै मूल्यमा होटलको कोठा बेच्नुपरेको व्यावसायीको भनाई छ।

मनमोहन मेमोरियल कप राष्ट्रिय क्रिकेटको उपाधि मधेस प्रदेशलाई

मधेस प्रदेश दोस्रो पटक मनमोहन मेमोरियल (एमएम) कप राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ।

पोखराको महेुन्द्रपुलमा झन्डापार्क तयार

पर्यटकीय गन्तव्य नै गन्तव्यले भरिएको पोखरामा अर्को एउटा प गन्तव्य थपिएको छ। पोखरामा ‘अन्तर्राष्ट्रिय झण्डा पार्क’ पनि थपिएको हो। पोखरा महानगरपालिका–९ महेन्द्रपुल चोकमा निर्माण भएको ‘अन्र्तराष्ट्रिय झण्डा पार्क’ले पर्यटन क्षेत्रमा थप सुन्दरता थप्ने विश्वास पर्यटन क्षेत्रको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्