१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

गण्डकीका सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक

शैक्षिक सत्र सुरु हुनुअगावै गण्डकी प्रदेशका सबै जिल्लामा पाठ्यपुस्तक पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पोखरा कार्यालयका अनुसार आउँदो शैक्षिक सत्रका लागि छ लाख आठ हजार छ सय २८ थान पुस्तक बिक्री भइसकेको बताइएको छ।  

हिमाल पारिका जिल्ला मुस्ताङ,मनाङसहित सबै जिल्लामा स्थानीय विक्रेतामार्फत पाठ्यपुस्तक पुर्‍याइएको केन्द्रका निमित्त प्रमुख शिवविलास पौडेलले जानकारी दिए। प्रदेशका १० जिल्लामा पोखरा र नवलपुरमा भरतपुर कार्यालयबाट पुस्तक बिक्री हुँदै आएको उनले बताए।

‘माग भएजति पाठ्यपुस्तक पठाइसकेका छौँ, हामीसँग पाठ्यपुस्तक पर्याप्त छन्’,निमित्त प्रमुख पौडेलले भने, ‘यस वर्ष शैक्षिक सत्र सुरु हुनुअगावै गण्डकी प्रदेशका सबै जिल्लामा पुस्तक ढुवानी भएको छ।’-रासस

प्रकाशित: २७ चैत्र २०८० ०९:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App